- आश्मा डिसी, नायिका
म त असफल मान्दिनँ, पटक-पटक मिति सार्न अनि जनतालाई झुक्याउन सफल भएकै छन् ।
- निर्मल शर्मा, हास्यकलाकार/निर्देशक
संविधान बनाउने समयमा निदाएकाले होला, संविधानसभा हलमा नेताहरू निदाइरहेको दृश्य देख्नुभएन, अनि कसरी संविधान बनाउनु ?
- केकी अधिकारी, नायिका
यसमा संविधानसभा भवनको गल्ती छ, त्यो पहिले नाटक गर्ने ठाउँ थियो, अहिले नेताहरू त्यहाँ पुगेर नाटक गर्दैछन् ।
- संदिप क्षेत्री, हास्यकलाकार
मुख्य कुरा त एकताको कमी हो, एउटाले राम्रो गर्छु भन्यो भने अर्कोले गर्न दिँदैन । जो-जो टाउके छन् तिनीहरूमा एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति छ अनि कसरी बनोस् त देशमा संविधान ?
- रमेशराज भट्टराई, गायक
नेता असफल रे ??? नेता त सफल छन् नि, असफल त हामी जनता भयौं । संविधान त जनताको हो नि ! अब बाँकी कुरा मिलाएर बुझ्नुहोस् ।
- प्रमोद खरेल, गायक
स्वार्थले भरिएको मन बोकेर संविधान बनाउँछु भन्दैमा कहाँबाट आउँछ संविधान ।
- योजना पुरी, गायिका
बाँदरले आफ्नो घर बनाउँदैन, जहिले पनि अरूको घर भत्काउने काम मात्र गर्छ ।
- मुकेश ढकाल, नायक
मुख्य कुरा इच्छाशक्तिको कमि अनि दलहरूबीचको आपसी खिचातानी नै हो । हामीले नेता असफल भएको देखे पनि उनीहरूलाई असफल भएको अनुभूति नै भएको छैन ।
- अमित विष्ट, गायक
सबै आ-आफ्नो दुनो सोझ्याउनतिर लागेर हो । उनीहरूमा क्षमता नभएर पनि हो । मेरो गोरुको बाह्रै टक्का भन्ने पनि हुन्छ त ? मिल्न नै नजान्नेहरू ।
- अयुब केसी, नायक
हामी सबैलाई थाहा छ, किन असफल भएका हुन् ? देशका लागि सोच्ने भए त संविधान बनिसक्थ्यो नि, तर नेताहरूलाई त आफ्नो भविष्य सुरक्षित गर्ने हतार मात्र छ ।
- ममता प्रधान, मोडल/नायिका
म जनताका लागि र जनताले मलाई बनाएको भन्ने भावना मेटिएको अवस्था छ । नातावाद र कृपावादको रोगले सिध्याउनै लागेका बिरामीजस्ता छन् नेताहरू । स्वाभिमान, माटो, इतिहासको माया नभएका, इमान र साहस नभएका, अध्ययन, अनुभव नभएकाहरूको जमात हो त्यो । जनताको भावना बुझ्नै नसक्ने हार्डडिक्सहरू ।
- राम सिटौला, संगीतकार
नेता र राजनीति भनेपछि दिक्क लागिरहेको अवस्थामा फेरि त्यस्तै प्रश्न, यिनीहरूलाई दह्रो ड्यासिङ उत्तर दिनुपर्ने, अहिले फ्याट्ट आएन, पछि भन्छु है ।
- रमिला न्यौपाने, गायिका
यही कुराले भत्ता पचिरहेको छ । मिडियामा छाइरहन पाइएको छ । संविधान बनाएपछि के भनेर खाने ? के भनेर चर्चामा आउने ?
- जितु नेपाल, हास्यकलाकार