साप्ताहिक संवाददाता
स्मिता थापा, मोडल
न्यू इयर इभ परिवारका साथ भरपुर मनोरन्जन गर्दै मनाउने योजनामा छु ।
कोशिश क्षेत्री, नायक
खासै केही स्पेसल सोचेको छैन तर छोरी कबु नेपालमै भएकाले रमाइलो नै हुन्छ । साथीभाइलाई घर बोलाउने र रमाइलो गर्ने- आउँदो वर्ष नेपाली चलचित्रका लागि सुनौलो सावित होस् भन्ने कामना गर्दै ।
करिश्मा मानन्धर, नायिका
मेरो त न्यू इयर इभकै दिन कार्यक्रम छ, कोहलपुरमा हुने उक्त कार्यक्रममा व्यस्त हुँदै नयाँ वर्षलाई स्वागत गर्नेछु ।
शालु गौतम, मोडल/कलाकार
यो वर्षको न्यू इयर इभमा म पहिलो पटक इलाम पुग्दैछु । त्यहाँ घुमघाम एवं रमाइलो गर्दै न्यू इयर मनाउने योजना छ ।
टेकेन्द्र शाह, भिज्युअल एडिटर
अहिलेसम्म त कुनै योजना बनिसकेको छैन, तर त्यो दिन केही न केही रमाइलो त भैहाल्छ नै ।
मिथिला शर्मा, नायिका
यस पटकको नयाँ वर्षलाई चलचित्र ब्रासलेटको सुटिङ टिमसँगै पोखरामा बसेर स्वागत गर्दैछौं ।
केशव भट्टराई, निर्माता/कलाकार
हाल म अमेरिकामा छु, त्यसैले साथीभाइहरूसँगको भेटघाटसँगै न्यू इयर इभ मनाइन्छ । म त्यो दिन नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुन्छु ।
सुदर्शन गौतम, पर्वतारोही/नायक
अहिले नै खासै केही सोचेकी छैन तर जहाँसम्म लाग्छ, परिवारसँग बसेर मनाउँछु विगतका वर्षहरू झैं ।
निशा शर्मा, अभिनेत्री
घरमै मनाउने योजना छ । परिवारका सबै सदस्य बसेर नयाँ वर्षको आगमनलाई स्वागत गर्नेछौं ।
रेजिना उप्रेती, नायिका
ब्रासलेट युनिटका साथमा पोखरामा सुटिङ गर्दै रमाइलो गर्ने योजना छ, तपाईंहरूलाई पनि निम्तो छ है ।
निर्मल शर्मा गैंडा, कलाकार/निर्देशक
यसपटक केही नै छैन, हाल मिस नेपालको टे्रनिङमा व्यस्त छु, त्यहीँ केही रमाइलो कार्यक्रम बन्यो भने सेलिब्रेट गरिन्छ ।
माल्भिका सुब्बा, मोडल/निर्माता
जसरी आम जनताले मनाउँछन्, त्यसरी नै मनाउँछु । न्यू इयर इभका दिन नयाँ सोच र लक्ष्य लिएर अघि बढ्ने संकल्प लिन्छु ।
सुरविना कार्की, नायिका
त्यस्तो खासै केही छैन, परिवारसँग बसेर सेलिब्रेट गर्ने योजना थियो तर कामले गर्दा संखुवासभा, खाँदबारीमा हुने नृत्य प्रतियोगिताको निर्णयका लागि जानुपर्ने भयो । अब त्यहीँका दर्शकहरूसँग न्यू इयर सेलिब्रेट गर्ने मुडमा छु । नयाँ वर्षलाई नयाँ ठाउँका साथीभाइबीच स्वागत गर्ने हो ।
दिलीप रायमाझी, अभिनेता
न्यू इयर इभमा स्कूले साथीभाइहरू भेला भएर बब्बाल गर्ने हो । नयाँ वर्षको दिनचाहिँ वृद्ध आमाहरूलाई भोजन गराउने विचार छ । कति आफू मात्र भोज र पार्टी गर्ने ? यसपटक चाहिँ वृद्ध आमाहरूको मुहारमा मुस्कान ल्याउने योजना छ ।
कला सुब्बा, मोडल/कोरियोग्राफर
न्यू इयर इभको दिन म २ वटा पूर्व निर्धारित कार्यक्रममा सहभागिता जनाउनेछु । मेरा प्रशंसक तथा संगीत प्रेमी साथीहरूसँग खुसी साट्दै, सांगीतिक प्रस्तुति दिँदै सेलिब्रेट गर्नेछु ।
शशि रावल, गायिका
हाल म वेलायतको लन्डनमा छु, त्यसैले यो वर्ष हाम्रो न्यू इयरलाई यही बसेर स्वागत गर्दैछु । न्यू इयर इभका दिन हुने कार्यक्रममा सांगीतिक प्रस्तुति पनि दिनेछु ।
खुमन अधिकारी, लोकदोहोरी गायक
जहिले पनि कार्यक्रमका कारण न्यू इयर इभमा काठमाडौं बाहिर हुनुपथ्र्यो । यसपालिको इभ भने भिन्ने तरिकाले मनाउने योजना छ । मेरा २ छोरीका साथमा बसेर सेलिब्रेट गर्ने हो । छोरीहरूका साथमा बसेर नयाँ वर्ष २०७२ लाई स्वागत गर्ने भनेर नै मैले कुनै पनि कार्यक्रमका लागि सम्झौता गरिन् ।
पल्पसा डंगोल, हास्यकलाकार
आफू त न्यू इयर इभमा फ्रान्समा भइन्छ, फ्रान्सका आप्रवासी नेपालीहरूसँग बसेर शुभकामना आदान-प्रदान गर्दै रमाइलो गर्ने मुडमा छु ।
रोमा न्यौपाने, नृत्यांगना
धेरै समयपछि न्यू इयर इभ नेपालमा मनाउन पाइएको छ, नत्र कतारमा बस्ने भएकाले उतै मनाइन्थ्यो । यसपटक कलाकार साथीहरूका साथ नाचेर सेलिब्रेट गर्ने हो ।
कुमार रेग्मी, मोडल
न्यू इयरको इभमा नेपाल टेलिभिजनमा कार्यक्रम छ, म उक्त कार्यक्रममा आफ्नो प्रस्तुति दिँदै छु । सम्भवत: त्यहीँ नयाँ वर्षलाई स्वागत गर्नेछु ।
कविता शर्मा, कलाकार
देश आफ्नो मुल कानुन संविधानविहीन छ, संगीतकर्मी पलायन हुने क्रम बढ्दो छ, गीत-संगीतको व्यवसाय धरासयी छ, के नयाँ वर्ष मनाउनु ?
सुवास रेग्मी, संगीतकर्मी
नयाँ वर्ष आगमनको पूर्वार्द्धमा म युरोप टुरमा हुनेछु । त्यहाँ आयोजना हुने कार्यक्रममा सरिक हुँदै, त्यहाँको नेपाली समाजसँग बसेर इभ सेलिब्रेट गर्छु ।
नन्दिता केसी, नायिका
यसपटकको न्यू इयर इभकै दिन एउटा कार्यक्रम निर्देशन गर्ने जिम्मेवारी बहन गर्नु परेको हुनाले सुटिङमा व्यस्त रहनेछु । मध्यरातसम्म सुटिङ चल्नेछ । नयाँ वर्षको दिन भने श्रीमतीसँग कतै घुम्न जाने योजना छ ।
फुर्वा शेर्पा, निर्देशक
हाल निर्माणाधिन चलचित्र काफल पाक्योको पोष्ट प्रोडक्सनमा ब्यस्त छु, त्यसैले काफल पकाएर न्यू इयर इभ मनाउनेछु ।
वर्षासिंह क्षेत्री, नायिका