साप्ताहिक संवाददाता
विभिन्न दल तथा समूहहरूले आन्दोलन र बन्द–हड्ताल गरेको पटक्कै मन परेको छैन । लडाइँ जे–सुकैको होस्, बिहान–बेलुकाको छाक टार्न सडक धाउनेहरूको रोजिरोटी नखोसियोस् । वास्तबिक जनता तिनै हुन् जसले काम गरेर आफ्नो जीवन गुजारा गर्छ ।
दीपक रेग्मी, सुदीप लम्साल
गल्तीको कुनै माफी नहुने कडा संविधान किन बन्दैन ? किनभने त्यसको पहिलो असर नेताहरूलाई नै पर्छ, त्यसैले जनमुखी संविधान बन्न सम्भव छैन ।
कमल
धेरै सरकारी कार्यालय धाइयो तर, कतै पनि जनतालाई सम्मान गरेर बोलेको वा व्यवहार गरेको पाइन । के सरकारी कर्मचारीको व्यवहार नै खरो हुन्छ ? हासेर बोल्न सकिँदैन ?
विष्णु घिमिरे
नेताहरूले समयलाई नचिनेको र देशमा अराजकता बढ्दै गएको पटक्कै चित्त बुझेन ।
भीमसेन श्रेष्ठ
यो लडाइँ, झगडा, बन्द–हड्ताल गर्ने समय होइन । यो देश गरिब र अविकसित हुनुमा हाम्रै हात छ ।
राज भाइ
लोकतन्त्रको नाममा जताततै लुटतन्त्र छ । जनता नेता–कार्यकर्ताको मीठो भाषणमै रमेका छन् । आज कार्यकर्ताहरू पैसाले किनिएका छन् । जनताको जीउ–धनको सुरक्षा गर्ने सुरक्षाकर्मीसमेत सुरक्षित छैनन् । यो देशमा हामी आमजनता कसरी बाँच्ने ? नयाँ संविधानबाट के अपेक्षा राख्ने हामीले ? कता जाँदैछ हाम्रो देश ? धेरै जनताको चिन्ता र चासोको विषय भएको छ ।
च्यवन भट्टराई
देशलाई प्रदेशमा विभाजन नगरिएको भए सम्भवत: आज नेपालको अवस्था यस्तो हँुदैनथ्यो ।
कसम क्षेत्री