यु १९ साफ च्याम्पियनशिपमा भारतलाई ट्राईव्रेकरमा हराएपछि चर्चामा आएका नेपाली टिमका उपकप्तान अनन्त तामाङलाई गृहनगर झापाको झिलझिलेमा भव्य सम्मान गरिएको छ । साफ च्याम्पियनपछि राष्ट्रिय टोलीवाट भारत विरुद्ध पुणेमा भएको खेलमा सहभागिता जनाएर घरपरिवार भेटघाटका क्रममा थातथलो आईपुगेका तामाङ्लाई झिलझिलेमा सम्मान गरिएको हो ।
स्थानिय झिलझिले स्पोटिङ्ग क्लवको आयोजनामा आयोजित सम्मान कार्यक्रममा तामाङ सहित यु १९ का हेमन्त थापा मगर र रुपेश तामाङलाई शिवसतासी नगरपालिका परिक्रममा गराइएको थियो । परिक्रममाको क्रममा दुधे, धरमपुर, डुडामारी र झिलझिलेमा स्थानियवासीले फुलमाला र अविर लगाएर सम्मान गरेका थिए ।
झिलझिले स्पोटिङ् क्लवका अध्यक्ष भुवन श्रेष्ठले अनन्तले झिलझिलेको खेल मैदानवाट आफ्नो खेल जिवन शुरुवात गरेको बताए । उनले अनन्त बाल्यकालदेखी अनुशासित भएको बताउादै समग्र खेल क्षेत्रमा अनुशासन आवश्यक पर्नेमा जोड दिए । यता क्लवका सचिव भाग्य लिम्बुले बाल्यकालमा अनन्तलाई खेल मैदानभित्र प्रशिक्षण गराउने मौका पाएको बताए ।