साप्ताहिक संवाददाता
यस्तो छ देशको स्थिति, के दसैं मनाउने कुरा गर्नु र ?
समपर्ण
घोर्ले भाले काटेर खाने हो ।
राजेश खड्का
आफू त भूकम्पपीडित परियो । न घर छ, न हातमा पैसा नै छ । बेहाल पारामा मनाइन्छ यसपालि त दसैं पनि ।
जीवन कुँवर
दिनभर काम गरिन्छ, राति कोठामा आएर दसैंको गीत बजाएर नाचिन्छ ।
बिन्दास ब्रो
आफू त विदेशमा छु । ड्युटी गर्छु । फुर्सद छैन । ड्युटी सकेर आफूसँग जे छ त्यही खाएर बस्छु । हामी परदेशीको दसैं यस्तै त हो नि ।
विजय ठागु गुरुङ
ग्यासै नपाइएला जस्तो छ । के–को दसैं मनाउनु ?
कुमार बुढाथोकी
दिनभर फेसबुक चलाउने, बस्ने । अरू खासै केही होला जस्तो छैन ।
जय बुढाथोकी
साइकल र्याली गरेर मनाउनुपर्ला ।
सन्तोष खरेल
ढिँडो खाएर, भारतको विरोध गरेर मनाउने ।
विष्णु
मिठो, मसिनो खाएर मनाउने सोचमा छु । आफ्नै रगत–पसिना बगाएर उब्जाइएको अन्न खाएर ।
प्रकाश भण्डारी
मधेसको माग पूरा नभएसम्म दसैं पनि रमाइलो हुँदैन होला । खै कसरी मनाउनु ?
रुमन मिश्र
तास खेलेर, घुमघाम गरेर मनाइन्छ ।
अमेन
नेपाली स्याउको प्रसाद, लोकल खसीको मासु अनि चाइनिज ब्रान्डी खाएर मनाइन्छ । कलब्रेक पनि खेलिन्छ ।
सागर घिमिरे
खोइ दसैं नै यो पालि दसा बनेर आउँछ जस्तो छ ।
विनोद खतिवडा
दसैं सम्म त खाने-बानी नै हटिसक्ला, अहिले नै ग्यास नभएर एकछाके भैसकियो, यही अवस्था रहने हो भने दसैं निराहार व्रत बसेर मनाउने विचारमा छु म त ।
राजन विवस
लोकल खसीको मासु, आफ्नै बारिको काक्राको आचार, सेल, फिनिरोटीको प्रसाद अनि चाइनिज ब्रान्डी साथमा फलास र म्यारिज । यति गर्न कसैको नाकाबन्दीले केही लछारपाटो लगाउँदैन ।
सविन खनाल
देस को यो हालत छ के दसैं मनाउनु र खै ?
खगेन्द्र पन्थ
दूध र चिउरा खाएर मनाउने हो । नुनको जरुरत नै पर्दैन । नाकाबन्दी भए पनि फरक पर्दैन ।
गोपाल पौडेल
देश रोएका बेला कसरी हाँस्नु र खै ?
कुमार तामाङ
आफू त भेजेटेरियन परियो । नुन–तेल केही पनि चाहिँदैन । नाकाबन्दी भए पनि असर गर्दैन ।
सुमन बान्तवा
खै, के गर्नु र ? सबै तिर बन्दै बन्द छ ।
नलिना राई
ढिँडो पकाएर, पानी पिएर मनाउने ।
मनोज रायमाझी
मुलुक अप्ठ्यारो अवस्थामा छ । त्यति रमाइलो होला जस्तो छैन । जे छ त्यसमै रमाउने हो ।
सोहन लिम्बू
तरुल र पिँडालु खाएर । चट्पटे चाहिँ चाइनिज भैयाको खाने विचार छ ।
सुजित सुवेदी
के–को दसैं मनाउनु ? अब त दसा पो सुरु भयो ।
काजोल थापामगर
खै आफू त वर्षौंपछि विदेशबाट यसपालि दसैंमा घर जाँदैछु । नाकाबन्दीले गर्दा सवारी साधनहरू ठप्प होलान जस्तो छ । किनमेल गर्नसमेत अप्ठ्यारो छ । खै कसरी घर जाने हो ? कसरी दसंै मनाउने हो ?
समिर तामाङ
यस्तो नाकाबन्दीमा के–को दसैं ?
रामचन्द्र गौडेल
साथीभाइ एवं आफन्तहरूसँग भेटघाट अनि रमाइलो गरेर ।
स्वामी फेसबुकानन्द
मामाघर घर गएर मनाउने सोचमा छु ।
सुसन सुब्बा
खै, कसरी मनाउनु ? तराई बन्दको बन्द नै छ ।
राजकुमार न्यौपाने
परदेशीलाई के–को दसैं, के–को तिहार । तैपनि खसीको परिकार बनाएर, टीका लगाइदिएर, आत्मीयता साटेर जात र वर्गको भेदभावबिना स्वच्छ दसैं मनाइन्छ ।
रोमन भट्टराई, युएई
परिवारसँग रमाइलो गर्ने ।
नीरज लुइँटेल
दसैं त धूमधामसँग मनाउने हो नि । वर्ष दिनमा एकपटक आउँछ, नमनाएर हुन्छ ?
ओम शिवाकोटी
हेटौंडा गएर मनाइन्छ परिवार र आफन्तजनसँग भेटघाट गरिन्छ, खसी ढालिन्छ । तास खेल्न आउँदैन । बाहुनको छोरो हुँ, रक्सी खाँदिनँ । टीकाको दिन मामाघर बारा पुगिन्छ । यसपालि ससुराली गोरखामा टीका छैन ।
प्रकाश ढुंगाना
म त नयाँ लुगा लगाएर दसैं मनाउने सोचमा छु ।
शारदा खतिवडा, इटहरी–१८
सात वर्षपछि दसैं मनाउँदैछु । आफ्नै गाउँ जान्छु ।
वेदप्रसाद रेग्मी सागर
खोइ, अहिलेसम्म सोचेको छैन । खासै त्यस्तो योजना पनि छैन ।
आरोही कोइराला
परदेशमा छु । खै, कसरी दसैं मनाउनु ? रोएरै बित्छ होला ।
इन्दिरा बजगाईं, जापान
आमा, बुबा, श्रीमती सबैलाई छाडेर परदेश आइयो । मनमा पीडा छ । सबैलाई सम्झिरहेको छु । यसपटक विदेशमै दसैं मनाइने भइयो ।
राज कार्की, सिंगापुर
हुन त दसैं मान्नु–नमान्नु आ–आफ्नो विचार हो । नेपालबाहिर हुनाले घरको सम्झना एकदमै बढिरहेको छ । नेपालको जसरी त मनाउन नपाइएला तर साथीभाइ भेला भएर मनाउने विचार छ ।
नवीन, युएइ