साप्ताहिक संवाददाता
शेरेकी नोकर्नीले कप खसालिछे ।
शेरेकी बूढी– ‘तँलाई नखरमाउली, त्यति कप पनि समाउन सकिनस् ?’
त्यो कुरा सुनेर छोरोले भनेछ : आमा नखरमाउली भनेको के हो ?
छोरोलाई नराम्रो कुरा सिकाउनुहुन्न भनेर शेरेकी बूढीले भनिछे : बाबु, नखरमाउली भनेको बलियो हो ?
फेरि अर्को दिन पनि नोकर्नीले कप खसालिछे ।
शेरेकी बूढी : तँलाई गुन्डी, आज पनि कप फुटाइस ?
छोरो : आमा गुन्डी भनेको के हो ?
शेरेकी बूढी : कमजोर हो ।
एकदिन शेरेको परिवार आफ्नी बूढीआमालाई भेट्न गएछ ।
हजुरआमालाई देख्नेबित्तिकै शेरेको छोरोले भनेछ : पहिले त हजुरआमा नखरमाउली हुनुहुन्थ्यो,अचेल त गुन्डी पो हुनुभएछ ।
ooo
नचिनेको नम्बरबाट शेरेलाई फोन आएछ ।
शेरे : हलो ?
केटा : कोदालो ।
शेरे : को बोलेको ?
केटा : म मान्छे बोलेको ।
शेरे : मान्छेको केही नाम त होला नि ?
केटा : म हिरो हो ।
शेरे : कहाँबाट बोलेको ?
केटा : नेपालबाट
शेरे : किन फोन गरिस् ?
केटा : तपाईंको दिमाग खराब गर्न ।
शेरे : (रिसाउदै) तँलाई सैतानको बच्चा । तँ कुन बिग्रिएको बाउको सन्तान होस् ?
पक्कै पनि तेरो बाउ फटाहा हुनुपर्छ । तँ को बोलेको भन्, छक्काको सन्तान म त्यहीं आएर तँलाई कुट्छु ।
केटा : नरिसाउनु न बा, म तपाईंकै छोरा हो क्या !
ooo
शेरेकी श्रीमती : विवाहअघि हजुरले मलाई कति धेरै उपहार दिनुहुन्थ्यो तर अहिले किन दिनुहुन्न ?
शेरे : माछा हातमा परिसकेपछि कसैले त्यसलाई चारो ख्वाएको देखेकी छौं ?
ooo
मुटु मागी उसले, मुटु दिएँ
कलेजो मागी उसले, कलेजो दिएँ
जे–जे मागी सबै दिएँ
तर, लास्टमा आफैंलाई
मासु पुगेन अनि झोलसँग भात खाएँ ।
ooo
शेरे : इन्स्पेक्टर सा’ब, मलाई गिरफ्तार गर्नुस्, मैले मेरी बूढीलाई लठ्ठीले टाउकोमा बजाएँ ।
इन्सपेक्टर : अनि तिम्री बूढी बेहोस भइन् कि मरिन् ??
शेरे : हैन ! त्यही लट्ठी लिएर पछाडि–पछाडि मलाई लखेट्दै आइरा’छे ।
ooo
शेरेको भोगाइ
हिजो गर्लफ्रेन्डले मेरो लास्टै चित्त दुखाइ, थर्मामिटरजस्तै मर्मामिटर हुने भए यो मन नाप्दा फुट्दो होला ओभर भएर !
ooo
विदेशी पर्यटक : ओई शेरे, तिमीहरूको देशमा बाटोमा पिसाब गर्दा पुलिसले समात्दैन ?
शेरे : तिमीहरूको देशमा समात्ला, हाम्रो देशमा त आफैं समात्नुपर्छ ।
ooo
शेरे : आज उदास देखिन्छौं, के भयो ?
पाङ्ग्रे : श्रीमतीसँग झगडा पर्यो, एक महिनासम्म बोल्दिन भन्या छे ।
शेरे : त्यस्तो कुरामा त अझ खुसी हुनुपर्ने नि ।
पाङ्ग्रे : आज अन्तिम दिन हो नि त ।