साप्ताहिक संवाददाता
मंसिर १८, २०७२
गायक बादल प्रसाईं वैवाहिक जीवनमा प्रवेश गरेका छन् । बादलले केही महिनाअघि नै सुषमा उप्रेतीसँग लगनगाँठो कसेको यसै साता फेसबुकबाट सार्वजनिक गरेका हुन् । बादलले आफ्नो जन्मदिनको अवसर पारेर प्रेमिका सुषमालाई जीवनसंगिनी बनाएका हुन् । ‘बादल’ को सफलतापछि गायक प्रसाईं यतिबेला दोस्रो एल्बम ‘झिल्के बादल’ सार्वजनिक गर्ने तयारीमा छन् ।