साप्ताहिक संवाददाता
दक्षिण एसियाली खेलकुदको इतिहासमा नेपालका लागि महिला खेलाडीले जितेको पहिलो पदक कुन हो ? इतिहासको दृष्टिकोणले समृद्ध यो तथ्यका सम्बन्धमा खासै चर्चा भने गरिँदैन । काठमाडौंमा सन् १९८४ मा भएको पहिलो दक्षिण एसियाली महासंघीय खेलकुदमा नेपालले कुल ४ स्वर्ण, १२ रजत तथा ८ कांस्य जितेको थियो ।
त्यसमध्ये एक मात्र पदक महिलाले जितेकी थिइन् र त्यो संयोगले नेपाली खेलकुद इतिहासमा महिलाले जितेको पहिलो दक्षिण एसियाली पदक पनि रह्यो । उक्त पदक कांस्य थियो र त्यो पौडीको महिला चार गुणा सय मिटर फ्रि स्टाइलमा प्राप्त भएको थियो ।त्यतिबेला नेपाली टिममा सहभागी खेलाडी थिए– शारदा लेप्चा, अर्चना थापा, इन्दिरा चाम्लिङ तथा नीलाम तुलाधर । उनीहरूले उक्त स्पर्धा ६ मिनेट ४१ द्यशमलव ७९ सेकेन्डमा पूरा गरेका थिए । त्यो स्पर्धामा भारत पहिलो एवं श्रीलंका दोस्रो भएका थिए ।