साप्ताहिक संवाददाता
मंसिर २९, २०७२
राजेश दाइ बेलुका हावा खान निस्किएछन्, पोखरीको छेउमा पुगेर यसो हेरेको त चन्द्रमा त पोखरीभित्र पो रै’छ, ‘ला अब चन्द्रमा पोखरीभित्र पस्यो भने त सबैतिर अँध्यारो हुन्छ’ भन्दै राजेश दाइले हतार–हतार एउटा लामो बाँस लिएर आएछन्, अनि पोखरीभित्र डुबेको चन्द्रमालाई त्यसको टुप्पामा अड्काएर निकाल्ने प्रयास गरेछन् । धेरै बेर प्रयास गर्दा पनि उनी सफल भएनन् तैपनि प्रयास गरिरहे । एक्कासि एउटा लहरामा अल्झिएर राजेश दाइ उत्तानो परेर लडे ।
यसो हेरेको त चन्द्रमा त आकाशमा पो,
राजेश दाइ (खुसी हुँदै) : ‘उफ ! बल्ल निकाले गाँठे ।