साप्ताहिक संवाददाता
पुस १०, २०७२
पुस ३ गते साप्ताहिकको ब्लोअपमा ऐश्वर्य राईले दिएको पोजलाई ७१ प्रतिशत पाठकले एकदम राम्रो भन्ने प्रतिक्रिया दिनुभएको छ । उक्त ब्लोअपलाई राम्रो भन्नेमा १५, सामान्य भन्नेमा ३ तथा मन परेन भन्नेमा ११ प्रतिशतले मत जाहेर गर्नुभएको छ । ६ वटा एसएमएसलाई कम्प्युटरले रिड गरेन ।
साप्ताहिकको ब्लोअपमा प्रतिक्रिया दिन मोबाइलमा SB टाइप गरेर आफूलाई मन परेको A, B, C वा D मध्ये कुनै एक टाइप गरी ८०८० मा पठाउनुपर्नेछ । सर्वेक्षणमा सहभागी हुनेहरूमध्येबाट एक जनालाई गोला प्रथाद्वारा तीन महिनाका लागि नि:शुल्क रूपमा साप्ताहिक उपलब्ध गराइनेछ । गत अंकको ब्लोअप प्रतिक्रियामा सहभागीहरूमध्येबाट मोबाइल नम्बर ९८५६०३८९९२ विजेता हुनुभएको छ ।