साप्ताहिक संवाददाता
मलेखुमा माछा महोत्सव हुने खबर पढेर खुसी लाग्यो । (मलेखुमा माछा महोत्सव) स्थानीय स्तरमा उत्पादन हुने वस्तुहरूको व्यापार बढाउन यस प्रकारका महोत्सव सञ्चालन भैरहनुपर्छ ।
हेमशंकर बास्तोला
युवा मनमा सुबिन भट्टराईको लेख सम्बन्ध साथीको एकदम मन पर्यो । (युवा मन : सम्बन्ध साथीको)
शर्मिला
मिस टिन झापाको उपाधि जितेकोमा स्मृतिलाई बधाई छ । (स्मृतिलाई मिस टिन झापाको उपाधि) हरेक प्रतिस्पर्धामा सफलताको शिखर चुम्नु ।
सिर्जना राजवंशी
स्कुले जीवनका जस्ता साथी त कतै पनि पाइँदैनन् । (युवा मन : सम्बन्ध साथीको) पछि बन्ने सम्बन्धहरू त स्वार्थी हुन्छन् ।
सुरक्षा पोखरेल
राष्ट्र राईको खुकुरी प्रेम पनि अचम्मकै रहेछ । यसरी स्वदेशी तथा मौलिक वस्तुमा जोड दिनु सकारात्मक कुरा हो ।
दिलिपा कार्की
निष्मा चौधरीले रजतपट कार्यक्रमको जिम्मेवारी सम्हालेकामा धेरै–धेरै बधाई तथा शुभकामना । (रजतपटमा निष्मा) कार्यक्रमको लोकप्रियता बढ्दै जाओस् ।
मिनु बस्नेत
अनिल गुरुङको कुरा सही हो । (कप्तानी गर्न पाउनु गौरवको कुरा हो) कुनै समुहको नेतृत्व गर्न पाउनु पनि ठूलो कुरा हो । अनिलजीलाई सफलता मिलोस् ।
पूनम सापकोटा
यो लेख विद्यार्थीहरूका लागि उपयोगी छ । (कुन देशमा कुन विषय पढ्ने ?) त्यसमा लाग्ने खर्चका बारेमा पनि उल्लेख गरिएको भए अझ उपयोगी हुने थियो ।
निशा बजगार्इं, काठमाडौं
खुलेआम कालोबजार भैरहँदा सरकार किन चुप लागेर बसेको छ ? बुझ्न सकिएन । (फ्रन्टपेज : खुलेआम कालोबजार) अब त पैसा हुने धनीहरू मात्र नेपालमा बस्न सक्ने भए, गरिब त बाँच्नै नसक्ने स्थितिमा पुगिसके ।
बेद रेग्मी, प्रसुन झा, मणि शर्मा
यो त भन्नै परेन नि । देश सर्वसाधारण नागरिकको हुन सकेन । (अन्तर्वार्ता : देश सरकारको होइन बाहुबलीहरूको रहेछ) जताततै पैसावाल, पहुँच र शक्ति हुनेहरूकै मात्र हालिमुहाली छ । सामान्य जनतालाई गरिखान पनि गारो छ ।
उमंग कोइराला