साप्ताहिक संवाददाता
हल्का रमाइलो गर्न खोजेको होला नि ।
वर्षा राउत, नायिका
समावेशी भन्छु । हामी सबै जात र धर्मको नयाँ वर्ष तथा पर्व मनाउँछौं । हाम्रो जस्तो समावेशी मन अन्त कतै पाइँदैन ।
शान्ति नेपाली, मोडल
हामी नेपालीहरू धेरै फुर्सदिलो र सौखिन छौं, हामी आफ्नो परम्परा छाडेर पश्चिमेलीहरूको प्रभावमा डुबुल्की मार्न मज्जा मान्छौं । त्यसैको प्रभाव हो ।
पवित्रा आचार्य, नायिका
नेपाल गरिब मुलुक होला, तर सहरिया नेपालीहरू गरिब छैनन् । नाकाबन्दीले सिर्जना गरेको अभावमा पनि आफ्नो सौख पूरा गरिरहेकै छन् । हामीमा विलासी जीवन जिउने चाहना छ । खानलाई थाल छैन, ट्वाइलेट जान कोपरा ?
दिनेश राउत, निर्देशक
हामी बाहिरी संस्कृतिबाट चाँडै प्रभावित हुन्छौं । यसो हुनुको कारण हाम्रो राष्ट्रिय एकता र संस्कृतिक पक्ष बलियो नहुनु नै हो । शक्तिशाली राष्ट्रले निर्धन राष्ट्रमा आफ्नो प्रभुत्व जमाउन संस्कृति लाद्न खोज्छन्, हामी त्यसकै प्रभावमा खुसी हुन्छौ ।
विष्णु शर्मा, पत्रकार
वर्षमा दुई–चार पटक मनाउनुलाई त कसरी राम्रो भन्नु ? दसैं वा तिहार जस्ता पर्व पनि वर्षमा तीन–चार पटक मनाउने हो भने त्यसको महत्व रहँदैन । नयाँ वर्षमा पनि त्यही कुरा लागू हुन्छ ।
सामीप्य तिमल्सिना, चलचित्र लेखक
म तीन बुँदामा जवाफ दिन्छु— १. खुसी खोज्ने बहाना, २. पैसा सक्ने चाहना ३. सस्तो भयो शुभकामना ।
शिशिर भण्डारी, अभिनेता
हाम्रो चलनअनुसार वर्षमा एकपटक आउँछ, नयाँ वर्ष । यदि म आफ्नो बाहेक अरूको पर्व र नयाँ वर्ष मनाउँछु भने त्यो अरूको धर्म र संस्कृतिको आदर मात्र हो । आफ्नो धर्म र संस्कृति बिर्सेर त्यसमा समर्पित भएको चाहिँ होइन ।
वर्षा शिवाकोटी, नायिका
एक प्रकारले राम्रो हो, किनभने यसबाट एक–अर्काको संस्कृतिको आदर गर्न सिकिन्छ ।
लक्ष्मी ठाकुर, हेयर स्टाइलिस्ट
संसारमा रहेका सबै जात–जातिको आ–आफ्नो मौलिक परम्परा छ, त्यसैले स्वतन्त्र जनताका हिसाबले सबैको नयाँ वर्ष मनाउनुलाई म नराम्रो मान्दिनँ । जे भए पनि धराशायी हुँदै गएको देशको आर्थिक अवस्थामा पनि यस्ता क्षणहरूलाई सेलिब्रेसन गर्दा धेरैको मन आनन्दित हुन्छ ।
अमृत सुनुवार, छायाँकार
व्यस्त जीवनमा रमाइलो गर्ने बहाना मात्र हो । यसलाई म राम्रो नै भन्छु ।
सुरक्षा पन्त, नायिका
सबै जाति एवं धार्मिक समुदायका चाडबाड एवं उत्सवलाई उत्तिकै सम्मान गर्ने यो चलनले सबै तह र तप्काका मानिसलाई अझ बलियोसँग जोड्छ । नेपालीहरूको छाती ठूलो छ भन्ने कुराको गतिलो उदाहरण हो यो ।
खगेन्द्र लामिछाने, अभिनेता/लेखक
पैसा हुनेले जे गर्यो, त्यही ठिक ।
सम्झना उप्रेती रौनियार, निर्देशक
नम्बर एक फेसन । नम्बर दुई देखासिकी । नम्बर तीन बेरोजगारी र नम्बर चार व्यापार ।
कोमल वली, गायिका
जन्मदिन र नयाँ वर्षमा प्राय: यस्तो हुन्छ, जसरी पनि मनाउनैपर्ने । अब यहाँका मानिसहरूले फेब्रुअरीमा पर्ने चाइनिज नयाँ वर्ष पनि मनाउन थाले भने अचम्म नमान्दा हुन्छ ।
प्रकाश पौडेल, गायक
यसलाई त म नमच्चिने पिङको सय झट्का भन्छु । अझ मुखमा पिउन मोही छैन, कुन्नी केमा दल्न घ्यू भनेजस्तो ।
रेखा थापा, नायिका