साप्ताहिक संवाददाता
माघ ९, २०७२
चीनले अनुदानस्वरूप दिएको पेट्रोल उचित मूल्यमा जनतालाई दिए हुन्थ्यो । लागत मूल्यभन्दा बढी मूल्यमा बेचेर उपभोक्तालाई मारमा पार्नु भएन ।
पेम्बा लामा
इन्धन अभाव भनिँदैछ । सडकभरि जाम छ । यो कसरी सम्भव छ ?
लोकराज भट्ट
खाना बनाउने समयमा बत्ती आउन छाड्यो । एकातिर खाना पकाउने ग्याँसको अभाव छ, अर्कातिर बिजुली नै आउन छाडेपछि कसरी खाना पकाउने ? कोठा भाडा लिएर बस्नेहरूले दाउरा पनि बाल्न पाउँदैनन् । सरकारलाई आफ्ना जनताको मतलब छैन ।
यज्ञ चुँडाल
भूकम्पपीडितहरूलाई बाँडिने राहतमा अनियमितता हुन थाल्यो । पाउनैपर्नेहरूले पनि राहत पाएनन् । कतिले दोहोर्याएर पाए । सरकारले यसको छानबिन गर्नुपर्यो ।
दीप पौडेल