साप्ताहिक संवाददाता
हरेक जिन्दगीको क्लाइमेक्स मृत्यु हो ।
योगपुत्र
फर्केर आउनेको भन्दा फर्केर नआउनेकै बढी माया लाग्छ ।
पुर्बेली तरेबा
खुट्टा भए जुत्ता जति पनि पाइन्छ भन्नु मिथ्या हो । मन परेको जुत्ता पो जुत्ता, नत्र खाली नै खुट्टा ठीक हुन्छ ।
सुनिल सुवेदी
आफ्ना लागि भन्दा परिवारका लागी बिदेसिनेहरूको संख्या ठूलो छ ।
विराज मोक्तान मंगोल
कसैको एउटै बोली हजार मुस्कानको कारण बन्छ ।
जनक तिमिल्सिना
सफलताका लागि आफ्नो ध्यान समस्यामा होइन समाधानमा लगाउनु जरुरी हुन्छ ।
राजाराम रायमाझी
तिमी हाँस्यौ भने सबैको माया पाउँछौ । रोयौ भने सबैको हेला हुन्छौ ।
सुषमा बर्मा
जुन मानिसले गाली गर्यो उसलाई माफ गरिदेऊ । तिमीलाई कुनै घाटा हुनेछैन । बरु तिमीलाई गाली गर्ने मानिसको अगाडि तिमी सम्मानित हुनेछौ ।
सम्झना पाण्डे
एकतामै बल हुन्छ ।
किशु रायमाझी
शक्तिशाली मानिस त्यो हो जो नकारात्मक कुरालाई पनि सकारात्मक रूपले हेर्छ ।
राजाराम