साप्ताहिक संवाददाता
माघ २२, २०७२
टस जितेर पहिलो ब्याटिङमा उत्रिएको नेपालले आयोजक बंगलादेशबिरुद्ध २ सय १२ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ ।
२० रन बनाउनु अगावै दुई विकेट गुमाएको नेपालले आफ्नो ब्याटिङ लाईनलाई सुधार गर्दै ८ विकेटको क्षतिमा २ सय ११ रन बनाउन सकेको थियो । १९ बर्ष मुनिको विश्वकप प्रतियोगितामा नेपाली टिमका कप्तान राजु रिजालले ८० बलको सामना गर्दै सर्वाधिक ७२ रन बनाएका थिए भने ओपनिङ ब्याट्सम्यान सुनिल धमलाले २५ रनको योगदान दिएका थिए । नेपालको तर्फवाट दीपेन्द्रसिंह ऐरी र प्रेम तामाङले २२/२२ रनको योगदान दिएका थिए ।