साप्ताहिक संवाददाता
माघ २८, २०७२
पोखरामा जारी बिग आइकनअन्तर्गत गत सोमबार भएको छैटौं चरणको अडिसनमा प्रमिला बराल बाहिरिएपछि प्रतियोगिता पाँचौं चरणमा प्रवेश गरेको छ । ‘मैले बिग आइकनबाट धेरै कुरा सिक्ने मौका पाएँ र पहिलो पटकमै यति धेरै सफलता पनि प्राप्त गरेँ ।’
बाहिरिने क्रममा प्रमिलाले भनिन्–‘संगीत मेरा लागि रहर थियो, बिग आइकनमा सहभागी भएपछि अब यो प्यासन भएको छ ।’ उनले आफुसहित गायन प्रतिभाहरूलाई उत्कृष्ट मञ्च प्रदान गरेकोमा बिग एफएमलाई धन्यवाद दिएकी छिन् । प्रमिला बाहिरिएपछि अब प्रतियोगितामा अनु गुरुङ, अम्बिका पुन, साजन आले, सृष्टि गुरुङ र सौगातबीच प्रतिस्पर्धा हुनेछ । यसबीच आज बिहीबार थप एक प्रतिस्पर्धी बाहिरिएपश्चात् बिग आइकन उत्कृष्ट ४ मा पुगेको छ । अब एक जना प्रतिस्पर्धी बाहिरिएपश्चात् यो प्रतियोगिता फाइनल चरणमा प्रवेश गर्नेछ ।