फाल्गुन ९, २०७२
विश्वको सबैभन्दा महँगो र जटिल फर्मुला वन रेसिङमा किन लेडी ड्राइभर हुँदैनन् ? यो प्रश्न आफैंमा महत्त्वपूर्ण छ र सम्भवत: यसको उत्तर पनि आउने क्रममा छ ।
भविष्यकी लेडी फर्मुला वान ड्राइभरका रूपमा देखा परेकी छिन्– कार्मेन जोर्डा । उनका बुबा जोसे म्यागुएल फर्मुला वानका पुराना नम्बर १ ड्राइभर हुन् । रेनोल्टका लागि २७ वर्षीया जोर्डा चाँडै फर्मुला वान सर्किटमा देखिनेछिन् । जोडी किन पनि चर्चामा छिन् भने उनी मोडल जस्तै देखिन्छन् ।
त्यतिमात्र होइन, उनको फेसन सेन्स पनि गजबको छ । उनी टु पिसमा तस्बिर खिचाउन पनि उत्तिकै माहिर छिन् । जोडी फर्मुला वान ड्राइभर हुँदा त्यसमा फेसन र मोडलिङ पनि जोडिने पक्का छ ।