साप्ताहिक संवाददाता
फाल्गुन १६, २०७२
बहुप्रतीक्षित उपन्यास फिरफिरे बजारमा आएको छ । नाकाबन्दीका कारण वीरगन्ज नाकामा रोकिएको बुद्धिसागरको उक्त उपन्यास दसैंअघि नै बजारमा ल्याउने योजना थियो । ५ वर्ष लगाएर लेखिएको यो उपन्यास साहित्यिक बजारमा प्रतीक्षाको पुस्तक थियो ।
५ सय ४२ रुपैयाँ मूल्य रहेको यो उपन्यास बुद्धिसागरको पूववर्ती उपन्यास ‘कनार्ली ब्लुज’ को परिष्कृत रूप मानिएको छ । यो पुस्तकमा काठमाडौं स्थापित भएको पश्चिम नेपालको बाँसबारी गाउँको एउटा लेखकको रोमाञ्चक बाल्यकालको वर्णन छ । मीठो भाषामा उनीएको यो पुस्तकले प्रारम्भिक प्रतिक्रिया निकै राम्रो पाएको छ । यो पुस्तकलाई भूकम्पपछि नेपाली बजारमा आएको शिथिलतालाई पार लगाउने सामग्रीका रूपमा पनि लिइएको छ ।