साप्ताहिक संवाददाता
नेपालमा क्यानोइङ स्लालोमको सम्भाव्यता अध्ययन गर्न पोखरा आएको एसियाली क्यानोइङ महासंघको समूह अपर सेतीलाई अन्तर्राष्ट्रिय प्रशिक्षण केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना औंल्याएको छ ।
क्यानोइङको अन्तर्राष्टिय प्रशिक्षण केन्द्र बनाएपछि देश तथा विदेशका पर्यटकहरूको गन्तव्य पनि बन्छ,’ महासंघका अध्यक्ष सोकिन नारिताले बताए । ‘माथिल्लो सेती नेपालकै लागि राम्रो गन्तव्य हुन सक्छ’ उनले भने, ‘यो ठाउँले पर्यटकलाई समेत आकर्षित गर्नेछ ।’ नारिताका अनुसार खेलको माध्यमबाट यो ठाउँको प्रचारप्रसार देशविदेशमा भएर पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुग्नेछ ।
Advertisement
यो खेलको प्रशिक्षणका लागि नेपालको अन्य भूभागभन्दा माथिल्लो सेती नै उपयुक्त रहेको १२ सदस्यीय सम्भाव्यता अध्ययन समूहको ठहर छ । फलस्वरूप माथिल्लो सेतीलाई क्यानोइङको अन्तर्राष्ट्रिय प्रशिक्षण केन्द्र बनाउन प्रस्ताव समेत गरिएको छ । युरोप तथा एसियामा यो खेल पानीको कृत्रिम छाल बनाई खेलाउनुपर्ने अवस्था छ । प्राकृतिक छाल र बेगमा खेल्न पाउनु ठूलो सौभाग्य हो । र्याफ्टिङ तथा क्यानोइङ संघ नेपालका अध्यक्ष मनबहादुर न्यौपानेले भने, ‘माथिल्लो सेतीलाई अन्तर्राष्ट्रिय प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने प्रस्ताव गरेका छौं ।’
त्यसो त पोखरा आउने पर्यटकहरूले मनोरञ्जनका लागि फेवाताल र सेतीमा क्यानोइङ गर्दै आएका छन् । ‘सहर नजिक, सफा वातावरण र पानीको छालका कारण पनि क्यानोइङका लागि माथिल्लो सेती उपयुक्त देखिएको हो,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले भने, ‘साहसिक खेल गतिविधि बढेपछि पर्यटक पनि त्यही रूपमा बढ्ने छन् ।’ फेवाताल र अपर सेतीमा क्यानोइङ गर्न बर्सेनि सयांै पर्यटक पोखरा आउने गरेको थापाले बताए ।
साहसिक खेल रुचाउने पर्यटक बग्रेल्ती आउने यो क्षेत्रमा क्यानोइङ गर्नेहरूको संख्या पनि त्यही रूपमा बढिरहेको छ । अहिले यहाँ पर्यटकहरूले मनोरञ्जनका रूपमा मात्र क्यानोइङ गर्दै आएका छन् । प्याडल नेपालका सञ्चालक निमबहादुर मगरका अनुसार ‘प्रशिक्षण केन्द्रका रूपमा विकास भएपछि यसको व्यवसायिक विकास भै पर्यटनमा पनि टेवा पुग्नेछ ।’ पोखरामा क्यानोइङको सम्भावना बढ्दै गएपछि पर्यटकलाई सेवा दिने १६ भन्दा बढी कम्पनी सञ्चालनमा छन् । एउटा कम्पनीले ४० देखि ७० वटासम्म क्यानोइङले पर्यटकलाइ सेवा पुर्याउँछन् । दिनभर एक्लै क्यानोइङ गर्दा ५ सयदेखि ८ सय र गाइडसहित ५ हजार रुपैयाँसम्म लिने गरिएको छ । यहाँका कम्पनीले अपर सेती र फेवातालसँगै
त्रिशूली र भोटेकोसीमा पनि सेवा प्रदान गर्छन् ।
प्रतिक्रिया
दुश्चिन्तामा दोहोरी साँझ
वैशाख ८, २०७७
पाहुनाविहीन पोखरा
वैशाख ८, २०७७
भेडेटारबाट जिपलाइन
वैशाख ८, २०७७