साप्ताहिक संवाददाता
द्वापरयुगका युधिष्ठिरलाई ‘धर्मराज’ को उपाधि दिइन्छ । भनिन्छ, उनले न त कहिल्यै झूटो बोले, न त गलत काम गरे । तैपनि उनले वनबास र गुप्तबास जानुपर्यो । आफ्नो राज्य हार्नुपर्यो । द्रौपदीजस्ती शिलवान् श्रीमतीलाई पनि जुवाको खालमा राख्नुपर्यो । यसको एउटै कारण उनमा रहेको जुवाको लत थियो ।
प्राचीनकालदेखि अहिलेसम्म जुवाले मानिसको कस्तो हविगत बनाएको छ भन्ने कथालाई सर्वज्ञ वाग्लेले साह्रै सुन्दर शैलीमा प्रस्तुत गरेका छन् । यसअघि उनले ‘जुवाघर’ व्यङ्ग्य संग्रह तथा ‘क्यासिनो’ कथा संग्रह बजारमा ल्याइसकेका छन् । लामो समय क्यासिनोमा काम गरेर आँखैले देखेका घटना लेखेका कारण हुन सक्छ, उनका कथा जीवन्त लाग्छन् । टाइम्स क्रिएसनले बजारमा ल्याएको यो पुस्तक जुवामा रुचि राख्ने र जुवामा विजोग भएकाहरूको मानसिक अवस्था बुझ्न सहायक सिद्ध हुनेछ । यो पुस्तकको मूल्य २ सय ५० रुपैयाँ छ ।