साप्ताहिक संवाददाता
म अस्मि श्रेष्ठको विचारसँग सहमत छैन । (अन्तर्वार्ता : आठ वर्षसम्म छोरा थिएँ, त्यसपछि छोरि भएँ, अस्मि श्रेष्ठ, मिस नेपाल–२०१६) कतिपयले जोसँग प्रेम भयो उसैसँग विवाह होस् भन्ने चाहना राख्छन् । प्रेम समय बिताउनका लागि मात्र गरिँदैन । प्रेममा आफ्नो भविष्य पनि हेरिन्छ ।
टेकेन्द्र महत
कसले भन्यो चितवन सानो ठाउँ भनेर ? (अन्तर्वार्ता : आठ वर्षसम्म छोरा थिएँ, त्यसपछि छोरी भएँ, अस्मि श्रेष्ठ, मिस नेपाल–२०१६) त्यति सानो पनि छैन चितवन ।
दिवाकर चन्द
मनमा कुरा लुकाउनु पनि हुँदैन । (म पेटमा कुरा लुकाएर बस्न नसक्ने युवती हुँ रोशनी खत्री, मिस नेपाल अर्थ–२०१६) मनमा कुरा गुम्स्याउनुभन्दा व्यक्त गर्नु उपयुक्त हो ।
इन्द्र घिमिरे
अरू कुरा छायाँमा परे पनि फुटबलमा चाहिँ प्रगति भैरहेको छ । (२०७२ विशेष : फुटबल चम्किएको वर्ष) सरकारले फुटबलमा पर्याप्त लगानी गर्नु आवश्यक हुन्छ ।
सरिता भट्टराई
देशले जत्ति बिपत्ति भोगे पनि सबै मिलेर पुनर्निमार्णमा जुट्नुपर्छ । (विपत्तिको वर्ष) ध्वस्त सम्पदाको पुनर्निर्माणमा ढिलाइ गरिनु हुँदैन ।
निरन्जन थापा
नयाँ विषय र शैली पछ्याउन सके भने चलचित्र क्षेत्रमा सम्भावना छ । (०७३ का सम्भावना बोकेका चलचित्र) अर्काको नक्कल गर्ने हो भने बजार पाउन गार्है छ ।
हिमाल प्याकुरेल
लामो समयदेखि मिडियाबाट हराइरहेकी नायिका झरना बज्राचार्य आमा बनेको पढ्न पाइयो । (आमा बनिन् झरना) झरनाजीलाई बधाई छ ।
दीपक शर्मा
एसएलसीपछिको समय कसरी सदुपयोग गर्ने भन्ने विषयमा धेरै कुरा जान्न पाइयो । (शिक्षा : एसएलसीपछिको फुर्सद सदुपयोग गर्ने उपाय) अन्य छोटा कोर्सहरूका बारेमा पनि पढ्न पाइयोस् ।
अर्जुन कँडेल