वैशाख १९, २०७३
क्रिकेटका सर्वकालीन महान खेलाडीमध्ये एक सचिन तेन्दुलकरका बारेमा चलचित्र बन्ने भएको छ र त्यसको शीर्षक राखिएको छ– ‘सचिन द फिल्म’ ।
सचिन आफैं उक्त चलचित्रमा देखिने छन् र त्यसलाई लिएर उनले आफ्नो भावना फेसबुकमार्फत व्यक्त गरेका छन् । सचिनका लागि क्रिकेट खेल्नु जति प्राकृतिक काम हो, अभियन उत्तिकै गाह्रो काम । ‘मैले लामो समय खेलें र ती खेलमा मैले क्यामरा अगाडि आफूले चाहे जस्तो गरें । त्यो भित्री मनबाट आएको काम थियो,’ सचिनले भनेका छन्, ‘तर अहिले फेरि क्यामेरा अगाडि छुं र मलाई पहिले नै यस्तो गर्नु भनेर भनिएको हुनेछ ।’ अवार्ड विनिङ निर्देशक जेम्स एरस्किनले तयार पार्न लागेको यो चलचित्र आगामी वर्ष प्रदर्शनमा आउने बताइन्छ ।