साप्ताहिक संवाददाता
जेष्ठ २, २०७३
दीपक नेपालको कथा संग्रह रित्तो आकाश सार्वजनिक भएको छ । १६ वटा कथा समेटिएको यो संग्रहमा एमाओवादीले सुरु गरेको ‘जनयुद्ध’ले निम्त्याएका विकृतिदेखि कर्णाली क्षेत्रमा रहेका समस्यासम्मलाई नयाँ शैलीमा प्रस्तुत गरिएको छ ।
सरल भाषा शैलीमा गाउँघर र गाउँघरबाट काठमाडौं आएका दु:खीयाका कथालाई दीपकले निकै राम्रो गरी बुनेका छन् । १ सय ७६ पृष्ठको यो पुस्तकको मूल्य २ सय ५० रुपैयाँ छ । पुस्तक रित्तो आकाशलाई शिखा बुक्सले प्रकाशन गरेको हो ।