साप्ताहिक संवाददाता
जेष्ठ ६, २०७३
पत्रकार जगत नेपालको दोस्रो कृति पहिलो संसद्: महेन्द्र बीपी टकराब बजारमा आएको छ ।
२०१५ सालमा आमनिर्वाचन भएर बहुमतको सरकारका प्रधानमन्त्री बनेका बीपी कोइरालालाई २ वर्ष नपुग्दै अपदस्त गरिएको कथा यो पुस्तकको मुख्य विषय हो । यद्यपि यतिमै यो पुस्तक अन्त्य हुँदैन । बीपीलाई जेल चलान गरेपछि पनि महेन्द्र र बीपीबीच पटक–पटक अन्तर्विरोध छचल्किएको देखिन्छ ।
इतिहासमा रुचि राख्ने एवं राजतन्त्र र बीपीका प्रशंसकहरूका लागि यो पुस्तक पठनीय छ । केही समालोचकले भने यो पुस्तक बीपीको कोणबाट मात्र लेखिएको भन्दै यसको आलोचनासमेत गरेका छन् । यो पुस्तकलाई सांग्रिला बुक्सले प्रकाशित गरेको हो ।