श्रीदेव भट्टराई, अभिनेता
करिब १२ वर्षअघि ललितपुरस्थित इसिआर एफएममा रेडियो जक्कीका रूपमा आफ्नो करियर प्रारम्भ गरेका श्रीदेव भट्टराई यतिबेला कलाकार भएका छन् । रेडियोमा कार्यरत छँदै गायक अनिल बिरहीको ‘इलाम बजार...’ गीतको म्युजिक भिडियोमा अभिनय गरेपछि उनी आजका मितिसम्म अभिनय क्षेत्रमै सक्रिय छन् । श्रीदेवले राजेशपायल राई, प्रमोद खरेल, अञ्जु पन्तसहित विभिन्न गायक–गायिकाका दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । गायिका पन्तको ‘तिमीसँग साइनो गाँसी’ तथा ‘धेरै माया...’ गीतको भिडियोबाट परिचित भएका श्रीदेवले एउटा सिमेन्टको टिभिसीमा समेत मोडलिङ गरेका छन् । म्युजिक भिडियोमा स्थापित भएपछि श्रीदेवले मुम्बई पुगेर अभिनयका प्राय: सबै विधामा प्रशिक्षणसमेत लिएका छन् । त्यसक्रममा उनले अभिनय, निर्देशन, एक्सन तथा क्यामेरा सञ्चालसम्मको प्रशिक्षण लिएका छन् । मुम्बईबाट फर्किएपछि उनी चलचित्रको अभिनयमा सक्रिय छन् । ‘न्यू जेनेरेसन’ श्रीदेवले अभिनय गरेको पहिलो चलचित्र हो । त्यसयता उनले छल, सुकुलगुण्डा, देव–देवकी, बिरानो माया आदि चलचित्रमा अभिनय गरेका छन् तीमध्ये ‘छल’ मात्र प्रदर्शन भएको छ भने बाँकी प्रदर्शनको तयारीमा छन् । प्रदर्शनको तयारीमारहेको चलचित्र ‘बिरानो माया’ को अभिनयका कारण उत्साहित देखिएका श्रीदेवसँग साप्ताहिकको तीन प्रश्न :
म्युजिक भिडियोबाट चलचित्रसम्मको यात्रा कत्तिको सहजरह्यो ?
म्युजिक भिडियोको अभिनयले क्यामेराको अघिल्तिर उभिने आत्मविश्वास बढायो । मुम्बईको प्रशिक्षणले चलचित्रमा आउन सहज बनायो । समग्रमा हालसम्मको यात्रा सहज नै छ ।
कस्तो भूमिकामा बढीरमाउनु हुन्छ ?
एउटा कलाकार हरेक प्रकारका भूमिकामारमाउनुपर्छ । म भनेरोमान्टिक भूमिकामा बढी सहज महसुस गर्छु, त्यसबाहेक द्वन्द्वका दृश्यमा पनि मैले चित्तबुझ्दो काम गर्न सकेको छु ।
अबको योजना के छ ?
अभिनयमा सक्रिय भैरहने छु । निर्देशनसम्बन्धी अध्ययन गरेकाले भविष्यमा चलचित्रको निर्देशनमा पनि आउन सक्छु ।