साप्ताहिक संवाददाता
रारा तालसम्म पहिलो पटक समूहगत रूपमा बुलेट अर्थात् रोयल इन्फिल्डका बाइक पुगेका छन् । काठमाडौंको नासा बुलेट क्लब तथा पोखराको द इन्फिल्ड ट्रुपर्सका राइडरहरूले ती बाइक रारा तालसम्म पुर्याएका हुन् । गत जेठ ८ गते बुद्ध जयन्तीको दिन काठमाडौंबाट रारातर्फ प्रस्थान गरेको काठमाडौं–लुम्बिनी–रारा बुलेट पिस राइडको टोली रारा ताल पुगेर तस्बिर खिचाएका थिए ।
गत जेठ ८ गते काठमाडौंबाट बुलेट बाइकमा सवार बाइक राइडरहरूबीचको कठिनतालाई छिचोल्दै रारा पुगेका हुन् । पिस राइडको टोलीले पहिलो पटक रारा तालसम्मै यसरी समूहगत रुपमा बाइक पुर्याएको छ । पिस राइडमा २७ वटा बुलेट अर्थात रोयल इन्फिल्ड बाइक र ३२ जना सहभागी थिए । पहिलो पटक विकट मानिएको रारा तालसम्म यसरी बाइक पुर्याउन पाउादा आफूहरू निकै खुसी भएको क्लबका अध्यक्ष प्रकाश लिम्बूले बताए ।
लुम्बिनीदेखि नै रारासम्म पुग्ने बाइकमा ‘शान्ति झन्डा’ राखिएको थियो । बाइकसागै शान्ति झन्डा पनि रारा पुर्याइएको थियो । ११ दिन चल्ने यो राइड केही दिनपछि काठमाडौं फर्कनेछ ।