साप्ताहिक संवाददाता
हाम्रा प्रधानमन्त्रीले पानी जहाज किन्ने रे । अब समुद्रमा पनि लामा पहिरन लगाउँछन् त ?
कुमार तामाङ
उस्तै परे माघ–फागुनको जाडोमा त छोटा लुगा लगाउँछन् । त्यस माथि गर्मीमा त गर्मी भयो भन्दै अंग प्रदर्शन गर्ने मौका पाइहाल्छन् नि ।
कुमार बुढाथोकी
गर्मीमा हल्का पहिरन लगाउने चलनलाई छोटो र पारदर्शी बनाए विनासकाल विपरीत बुद्धि भनिन्छ ।
राजन लोहनी
भातसँग दाल–तरकारी किन खाइन्छ ? त्यस्तै शीतलताका लागि मानिसहरू छोटा पहिरन लगाउँछन् ।
ऋषिराम पोखरेल
गोरा साप्रा देखाउन ।
डिल्लीराज पाण्डे
गर्मी भएर ।
खिम राई
शीतल हुन्छ भनेर नि ।
गणेश खनाल
शान देखाउनलाई होला कि ?
विश्व राई
यो प्रश्न केटाहरूलाई हो कि केटीहरूलाई ?
आयुश शाही
सेक्सी देखिन ।
जोन
फेसनेबल देखिन ।
रिजन श्रेष्ठ
शरीर प्रदर्शन गर्न ।
सरु महर्जन
अरूलाई आकर्षित गर्न ।
खुसी चौधरी
भोक लाग्दा भात किन खाइन्छ, यो प्रश्न यस्तै भएन र ?
सन्देश कँडेल
नेपालमा मात्र छोटा लगाउँछन् क्यारे ? हामी अरबको खाडीमा बस्नेले जकेट बुट लगाउनुपर्छ, नत्र मरिन्छ घामले ।
रामचन्द्र गौडेल
घामको किरणबाट भिटामिन बी कम्प्लेक्स पाइन्छ । शरीरको सम्पूर्ण अंगले भिटामिन बी कम्प्लेक्स पाओस् भनेर ।
सन्देश प्रधान
साँच्चै भन्ने हो भने छोटा पहिरन नै रेपको ७० प्रतिशत कारण हो ।
रामु राना
ठिक्कको भए गर्मीबाट केही राहत पाउन । अलि धेरै भए अङ्ग प्रदर्शन गरेको मान्नुपर्छ ।
डिल्ली पाण्डे
जाडोमा बाक्ला लुगा किन लगाइन्छ ?
सुदर्शन बजगाईं
गर्मीबाट केही भए पनि राहत अनुभव गर्न ।
दीपक पोखरेल
केटीहरूले लाउने चैं हट् देखिन नै हो । गर्मी त बहाना मात्र हो ।
भुवन चौलागाईं
बजारमा गर्मीमा लगाइने छोटा पहिरन उपलब्ध हुन्छन्, त्यसैले ।
महानन्द भट्टराई
शीतलता र सहजताका लागि ।
सोनाम शेर्पा थिम्मि
के कम्बल ओढेर हिँड्नुपर्यो त ? हँसाउँछ सेरेले ।
टेकेन्द्र विष्ट
गर्मीमा छोटा पहिरन नलगाएर जाडोमा लगाइन्छ त ?
शार्दूल घिमिरे
हट् देखिन ।
ज्ञानेन्द्र दाहाल
गर्मी भएर होला ।
झरना पुन
यसले समाजमा नकारात्मक असर पारेको छ ।
गणेश सिंह
हैट्, सेक्सी र ग्ल्यामरस देखिनलाई नि हौ ।
नवीन कुवर
लौ, त्यति पनि थाहा छैन । कपडा नपुगेर क्या ।
कुमार तामाङ