साप्ताहिक संवाददाता
जलवायु परिवर्तनका कारण पर्न गएको विश्वव्यापी असरबारे सचेतना जगाउन अमेरिका, रसिया, चीन, बेलायत, फ्रान्स र संयुक्त राष्ट्र संघलाई संसारकै सर्वोच्च शिखर सगरमाथाको चट्टान उपहार दिइएको छ ।
काठमाण्डौस्थित होटल सोल्टीमा आयोजित समारोहमा युवा तथा खेलकुद मन्त्री सत्य नारायण मण्डलले नेपालस्थित सम्बन्धित मुलुकका राजदूतावास प्रतिनिधिलाई उक्त उपहार हस्तान्तरण गरेका हुन् । सिसाका बक्सामा बन्द गरिएको उक्त चट्टान दूतावासमार्फत अमेरिकी राष्ट्रपति बाराक ओबामा, रुसका भ्यादिमिर पुटिन, चिनिका सी जिनपिङ, फ्रान्सका फ्रान्कोइस होल्याडी, बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुन र संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनलाई पठाइने छ ।
पृथ्वीमा भएको द्रुत औद्योगिक विकास तथा जनसंख्या वृद्धिले ल्याएको नकारात्मक असरका कारण पृथ्वीमा जलवायु परिवर्तन भएको तथ्य छ । विश्वव्यापीरूपमा बढेको यस समस्याका लागि विश्वका औद्योगिक तथा धनी राष्ट्र जिम्मेवार रहेको यथार्थ विभिन्न अध्ययन प्रतिवेदनले सार्वजनिक गरिसकेका छन् । धनी र औद्योगिक मुलुकले कार्बन डाइअक्साइड अत्यधिक उत्सर्जन गरे पनि नेपाल जस्ता विकासोन्मुख तथा अति कम विकसित मुलुकहरूले अझै बढी कठिनाइ भोग्नु परिरहेको छ । यसतर्फ संसारका प्रमुख शक्तिशाली देशहरुको ध्यानाकार्षण होस् भन्ने हेतु संयुक्त राष्ट्र संघ सेक्युरिटी काउन्सिल अन्तर्गतका पााच स्थायी सदस्य मुलुकका राष्ट्र प्रमुख र संयुक्त राष्ट्र संघका महासचिवलाई सगरमाथाको चट्टान उपहार पठाइएको आयोजक वि विल राईज फाउण्डेसनले जनाएको छ ।
भूकम्पपछि हामी उठ्ने छौं नामक अभियानका रुपमा सुरु भएको फाउण्डेसन पछिल्लो समय विभिन्न प्रेरणामुलक गतिविधिमा सकृय रहदै आएको छ । सर्वोच्च शिखर चुमेर विश्व किर्तिमान बनाउन सफल किर्तिमानीहरुको समुपस्थितीमा आयोजित समारोहले ठोस सन्देश दिने आयोजकको दाबी गरेको छ ।
सोही कार्यक्रममा सगरमाथा चढेर विश्व किर्तिमान बनाउन सफल ३२ जना नेपाली पर्वतारोहीलाई उनीहरुको साहसको कदरगर्दै सम्मान गरिएको थियो । समारोहमा विश्वकै कान्छा आरोही तेम्बाछिरी शेर्पा देखि सबैभन्दा बढी पटक चढ्ने लाक्पा शेर्पा, पाका आरोही मिन बहादुर शेरचन, कम उमेरमै बढी पटक चढ्ने फुर्वा तेन्जिङ शेर्पा, सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पेम्बा दोर्जे शेर्पा लगायतको उपस्थिती थियो ।
कार्यक्रममा मन्त्री मण्डलले ज्यानको बाजी लगाएर आरोहण गरी कीर्तिमान कायम गर्नेलाई राज्यले पनि सम्मान गर्ने बताउनुभयो । उहााले नेपाल, विश्वमा सगरमाथाका कारण थप चिनाएकाले आरोहण क्षेत्रलाई थप पर्यटकीय आकर्षणको केन्ऽ बनाउनुपर्नेमा जोड दिनुभयो ।
समारोहमा खेलकुद, शिक्षा, स्वास्थ्य, कलाकारिता, व्यवसायी लगायत विभिन्न पेशाकर्मीहरुको उपस्थिती थियो । साहसी आरोहीहरुलाई राजेश हमाल, कोमल वली, सरोज खनाल, जितु नेपाल, राजुकाजी शाक्य, सोमपाल कामी, दिपक विष्ट, वैकुण्ठ मानन्धर, राजेश पायल राई, रोजिना श्रेष्ठ, सम्पदा बानिया, कुटनीतिज्ञ मोहनकृष्ण श्रेष्ठ, शंकर पाण्डे र व्यवसायी हेमन्त श्रेष्ठ लगायतका विभिन्न व्यक्त्विहरुले सम्मान गरेका थिए ।
भूकम्पपछि सुरु भएको अभियान ‘हामी उठ्नेछौं’ हाल वि विल राईज फाउण्डेसनका रुपमा दर्ता भएको छ । ‘हामी उठ्ने छौं’ अभियान संसारभरका नेपालीबीच भावनात्मक सम्बन्ध निर्माण गर्दै एक आपसमा सुमधुर साइनो कायम राख्ने माध्यम भएको जनाइएको छ । राष्ट्र निर्माणको जागरण र त्यसका लागि हातेमालोको पहल पनि हो । राष्ट्रिय समुन्नतिको सकारात्मक सोच भएका नेपालीहरूबीचको विश्वव्यापी सञ्जाल बनाउने अभियानको लक्ष्य छ ।