असार १५, २०७३
युरोपका केही प्रमुख क्लबबाट खेल्न पाउने भाग्यमानी खेलाडीमा पर्छन्, क्यामरुनका स्यामुएल एटो । सबै फुटबल प्रेमी युरो र कोपा अमेरिकामा व्यस्त रहेका बेला एटोले सबैको ध्यान खिच्ने गरी विवाह गरेका छन् ।
इटालीको मिलानमा आयोजित भव्य समारोहबीच एटोले आफ्ना प्रेमिका जर्गेटासँग विवाह गरे । उनको विवाहको अवसरमा युरोमा खेल्न नपाएका अथवा संन्यास लिइसकेका उनका समकालीन खेलाडीहरूको बाक्लो उपस्थिति थियो । त्यसमा सबैभन्दा प्रमुख थिए, स्पेन तथा बार्सिलोनाका पूर्वकप्तान कार्लेस पुयल ।