साप्ताहिक संवाददाता
मञ्चिन शाक्य एक दशकअघिदेखि मोडलिङमा जमेका छन् । २०११ मा मिस नेपाल भएपछि मोडलिङमा रमाउन थालेकी मलिना जोशी र मञ्चिनबीच ठमेलस्थित रिफ रेस्टुराँमा तीन वर्षअघि परिचय भएको थियो । उक्त परिचय बिस्तारै नजिकको साथीमा परिणत भयो । दुई वर्षअघि मञ्चिनलाई नायक लिएर चलचित्र ‘द विनर’ बन्ने भयो, जसमा मलिना नायिका थिइन् । दुबई, बैंकक आदि सहरमा समेत छायांकन भएको ‘द विनर’को छायांकनका क्रममा मलिना र मञ्चिन अझ मिल्ने साथी भए । मञ्चिनले साप्ताहिकसँग साथी मलिनाका बारेमा केही राम्रा र केही नराम्रा कुरा गरे ।
असल बाइट्स
ड्रेसिङ सेन्स : म उनको ड्रेसिङ सेन्सलाई १० मा १० अंक दिन्छु । अवसर, समय र स्थानअनुरूप पहिरन लगाउन जानेकी छिन् ।
तुरुन्तै फिट हुन सक्ने : काम पर्यो भने तुरुन्तै फिट हुन सक्ने क्षमता छ ।
पंचुअल : बोलाइएको ठाउँमा समयमै पुग्नु उनको एउटा राम्रो बानी हो ।
सजिलो को–आर्टिस्ट : छायांकनका बेला सहकलाकारलाई निकै सहज महसुस गराउँछिन् ।
कुलत छैन : मलाई उनको सबैभन्दा राम्रो लाग्ने बानी मदिरा एवं धुम्रपान नगर्नु पनि हो ।
खराब बाइट्स
बढी नै प्रोफेसनल : काममा प्रोफेसनल हुनु राम्रो हो, तर उनी पेमेन्टको मामिलामा अलि बढि नै प्रोफेसनल छिन् ।
घमन्डी अनुहार : व्यवहारमा उनी घमन्डी छैनन्, तर उनको अनुहार हेर्दा घमन्डी हुन् कि जस्तो लाग्छ ।
अन्तर्मुखी : मनको कुरा मनमै राख्ने उनको अन्तर्मुखी स्वभाव सुधार्नु उपयुक्त हुन्छ ।
किचकिच : बेला–बेला केही न केही निहुँ खोजेर किचकिच गरिरहन्छिन् । कहिलेकाहीँ त वाक्क लाग्छ ।
काम र सम्बन्ध छुट्याउने : साथी भनेर कुनै अफर गर्यो भने पनि कुनै सम्झौता गर्दिनन् । विशेष गरी पारिश्रमिकको मामिलामा कडा छिन् ।