साप्ताहिक संवाददाता
यो धनीमानी तथा घुमी खानेहरूका लागि प्रश्न हो भने ठीक हो । यदि आफ्नो र परिवारको सपना पूरा गर्न जो दिनको ५०/५५ डिग्रीको तातोमा पसिना बगाउँछन् र, हरदम आफ्नो गाउँघर, परिवार अनि देशलाई सम्झन्छन् उनीहरूको स्वर्ग कहाँ हो ? तपाईंलाई उल्टै मेरो प्रश्न ।
कपिल राई
केही हदसम्म स्वदेशको तुलनामा विदेश स्वर्ग होला तर आफ्नो राष्ट्रलाई सधंै प्राणभन्दा प्यारो मान्ने सच्चा सपूतलाई सधंै आफ्नो देश नै स्वर्ग लाग्छ ।
शरद
नेपालमा जागिरका लागि धेरै प्रयास गरियो तर कतै मिलेन अनि पासपोर्ट बनाएर पोल्यान्ड आए । महिनाको २ लाख रुपैयाँ कमाउन थालें । नेपालमा १५ हजारको जागिर नपाएर भौतारिनु परेको थियो । आफैं भन्नुस्, नेपाल के हो, विदेश के हो ?
कुमार श्याम
भन्नलाई मात्र हो । प्यारो त नेपाल नै हुन्छ ।
राजकुमारी बस्नेत
विदेश कसरी हुन्छ स्वर्ग ? के त्यहाँ गएपछि राम्रो काम मिल्छ र ? त्यसो भन्न पनि त सकिन्न कि कसो ?
दिवस तामाङ
खै विदेश स्वर्ग भए किन फर्किएर स्वदेश आउँन्थे ? आफूलाई त नेपाल नै स्वर्ग लग्छ तर स्वर्गमा पनि राक्षसहरूको गतिविधि बढेको देख्दा दु:खी हुन्छु ।
प्रशान्त श्रेष्ठ
होइन यो हुन सक्दैन । विदेशमा चै सबैले राम्रो काम पाउँछन् भन्न पनि त सकिन्न नि ।
दिवस
जिउँदा मुन्छे गैरा’छन् । केको स्वर्ग ? मृत्युलोक नै हो नि ।
अनिष
बिल्कुलै छैन । प्रकृतिको अनुपम उपहार छ हामीसँग । आधुनिक बिकासले केही सजाउन सकियो भने दुनियाँको त्यस्तो कुनै ठाउँ छैन जो हामीसँग छ ।
सुमन पालिखे
आमा र नेपाल आमा स्वर्गभन्दा प्यारा छन् ।
विशाल