साप्ताहिक संवाददाता
असार २६, २०७३
यदि कसैले गल्ती गर्यो भने उसलाई सम्झाउन सकोस् भनेरै मनुष्यलाई बोल्न सक्ने क्षमता दिइएको हो, भौतिक क्षति पुर्याएर त पशुले पनि सम्झाउन सक्छ ।
हजारिया
जिन्दगी भनेको एउटा आशा मरे सँगै अर्को आशा पलाउनु हो ।
घनश्याम अमृत
यदि गाली गरेर सबै चीजमा सुधार आउने भए म सबैभन्दा पहिले आफ्नो भाग्यलाई गाली गर्ने थिएँ ।
जीवन
माया फुर्सदमा गरिने कुरा होइन ।
गोरी शेर्पा
समाजलाई पाठ सिकाउन ईश्वरले घरिघरि मानवलाई अपराधी बनाउँछ ।
लभसन
हामीले तबसम्म खुसी प्राप्त गर्न सक्दैनौं, जबसम्म हामी दु:खबाट भाग्न छोड्दैनौ ।
सुजन श्रेष्ठ
आज तिमी यहाँसम्म आइपुग्दा क–कसले साथ दिए भन्ने कुरा कहिल्यै नर्बिस ।
कमल पाण्डे