साप्ताहिक संवाददाता
हे सडक विभाग ।
एड्रिन प्रधान, गायक
केही भन्दिनँ, मनमनै मुर्मुरिन्छु । केही भनेर फाइदा पनि त छैन, न उसले सुन्छ न मेरो कपडा सफा गर्दिन आउँछ ।
आयुष रेग्मी, नायक
सोमत नहुनेलाई भनेर के फाइदा ?
वसन्त भट्ट, चरित्र अभिनेता
ओए, आँखा छैन ?
आरोही शर्मा, समाजसेवी
कस्तो सोमत नभएको मान्छे होला, आँखा पनि छैन भन्न मन लाग्छ, तर उसले सुने पो ? भित्रभित्रै रिस उठ्छ, मुर्मुरिन्छु ।
ऋतु कँडेल, गायिका
मलाई त्यस्तो भएको पनि छ । त्यसरी हिलो छ्याप्दा रिसले पिछा गर्दै उसको गाडीअघि स्कुटी रोकेर भएभरको गाली गर्न मन लाग्छ नि ?
सुरबिना कार्की, नायिका
आँखा छैन, हेरेर गाडी चलाउन आउँदैन ? भन्छु ।
पवित्रा आचार्य, नायिका
भन्न होइन, ढुंगा टिपेर हिर्काउन मन लाग्छ ।
विकासराज आचार्य, निर्देशक
त्यसको कठालो समातेर ‘तपाईंले गाडी त खुब महँगो चढ्नु भएको रहेछ, तर सोमत भन्ने कुरा पनि हुन्छ भन्ने सिक्नुस्’ भन्थे ।
गोपाल कायस्थ, निर्माता/वितरक
के भन्नु ? परिवार वा महिलाहरू साथमा भए राम्रोसँग ‘तपाईं हिँड्ने बाटोमा पैदलयात्री पनि हिँड्दैछन् भन्थे, यदि एक्लै रहेछ भने त भएभरका गाली गर्दै ‘ओई, तेरो बाउको बाटो हो ?’ भनेर ढुंगा हान्थे ।
विजय बराल, रंगकर्मी
धन्न रेनकोट लगाइएछ ।
किशोर घिमिरे, गीतकार
मोरा, आँखा हेरेर गाडी चलाउनु नि । आँखा फुटेको त्यसको बाउको बाटोजस्तो भन्थें ।
सीपी पौडेल ‘मोटे’, कलाकार/निर्माता
कठैबरा, भर्खर गाडी चढ्न थालेको रहेछ, तर आफ्नो गाडीका कारण अरुलाई अप्ठेरो पर्छ भन्ने पनि थाहा रहनेछ भन्न मन लाग्छ ।
प्रदीपकुमार उदय, निर्माता/वितरक
‘तेरो गाडी अघि पुगेर झ्वाम्म ठोक्कियोस् ।’ भन्थे नि, तर मेरो सराप लागे पो ।
नम्रता श्रेष्ठ, नायिका
सवारी चलाउँदा संयमित भएर चलाउनुहोस्, यसले अरूलाई मात्र होइन, तपाईंलाई पनि सुरक्षित रहन मद्दत पुर्याउँछ ।
जान्वी बोहोरा, नायिका
म त्यतिबेला जे भन्छु, त्यो प्रकाशन गर्न मिल्दैन । कुनै कार्यक्रममा सहभागी हुन चिटिक्क परेर निस्किएको बेला त्यस्तो भयो भने त भन्ने मात्र होइन, गर्छु पनि ।
गौरव पहारी, नायक
त्यस्तालाई के भन्नु नि, सिधै गाली गरिन्छ ।
दीपशिखा खड्का, नायिका
केही भन्न होइन सिधै ढुंगा टिपेर हान्न मन लाग्छ ।
बनिश शाह, चलचित्र सम्पादक
अवश्य रिस उठ्छ, तर के भन्नु ? भन्न पनि सकिँदैन । हिलो छ्याप्नेले छ्यापेर गैहाल्छ ।
सागरराज, गायक/निर्देशक