श्रावण १, २०७३
कसैले यो मन मेरो लिएर गएछ
बदलामा आँसु मात्र दिएर गएछ
पोखिएला भन्ने डर आँखाबाट माया
त्यसैले बलियो सँग सिएर गएछ ।
कुरासँगै मुटुमा छुरा चल्न थालेपछि
मायाको नाममा सराब पिएर गएछ
बाँच्न नसक्ने थियो मबिना एक पल
तर आज खुसी खुशी जिएर गएछ ।
सम्बन्धको डोरी हाम्रो बलियोझैँ लाग्थ्यो
समयसँगै त्यो पनि खिएर गएछ ।