श्रावण ४, २०७३
प्रथम मिस नेपाल युएस–२०११ सुजिता बस्नेत अमेरिकामा सम्पन्न मिस वल्र्ड अमेरिका–२०१६ को सेमिफाइलन चरणसम्म पुग्न सफल भएकी छिन् ।
मिस वल्र्ड–२०१६ मा अमेरिकी प्रतिनिधि चयन गर्न गरिएको राष्ट्रिय स्तरको प्रतियोगिता मिस वल्र्ड अमेरिका–२०१६ मा २८ जना सुन्दरीको सहभागिता थियो, जसमा सुजिताले टप टेनसम्म यात्रा तय गरेकी थिइन् । उनी बिच ब्युटी तथा टप मोडल एवार्डको टप फाइभभित्र रहन सफल भइन् ।
मिस वल्र्ड अमेरिका–२०१६ को उपाधि भने अउड्रा मारीले जितेकी छिन् ।