साप्ताहिक संवाददाता
डिपेन्ड्स अपन सिचुएसन । हतारमा कुनै महत्वपूर्ण काममा जाँदैछु भने दिक्क बनाउँछ । घुम्न गएकी हुँ भने रोमान्टिक बनाउँछ । काठमाडौंका अधिकांश सडकका खाल्डाखुल्डीमा जमेको हिलो र पानीले दिक्क बनाउँछ । पानी नजमेको राम्रो बाटो छ भने रोमान्टिक बनाउँछ ।
सुप्रिया कटुवाल, मोडल
घरमा बसिरहेका बेला वा साथीभाइहरूसँग समय बिताइरहेका बेला रोमान्टिक भइएला, तर यो साउनमा दिनभरि झरी पर्यो भने सुटिङ गर्न पाइँदैन, अनि दिक्क लाग्छ ।
अर्जुन तिवारी, छायांकार
मलाई लाग्छ, साउने झरीले माया बर्साउँछ, त्यसैले यसले रोमान्टिक बनाउँछ ।
शर्मिला बर्देवा, गायिका
घरमा, साथीभाइहरूसँग वा राति सुत्ने बेला परेको साउने झरीले अवश्य रोमान्टिक बनाउँछ । कामविशेषले चिटिक्क परेर निस्कन लाग्दा परेको त्यही झरीले दिक्क तुल्याउँछ ।
प्रमिला खनाल, बेली डान्सर
साउने झरी त रोमान्टिक नै हुन्छ, तर काठमाडौंका खाल्डाखुल्डी र सडकको अवस्थाले भने दिक्क बनाउँछ ।
स्मृति दाहाल, मोडल
साउने झरीमा साथमा कोही रोमान्टिक मान्छे भए आफू पनि रोमान्टिक भइन्छ, एक्लै हुँदा त दिक्क लाग्छ ।
सम्पदा बानियाँ, मोडल
साउने झरी सिर्जनाको उत्प्रेरक हो । पानीमा सिर्जनाको शक्ति हुन्छ । कविले कविता लेख्न सक्छन्, गायकले रोमान्टिक गीत गाउन सक्छन् । प्रेमी–प्रेमिकामा प्रेमको भावना बढेर उनीहरू अझ नजिक हुन सक्छन् । एउटी युवती जब साउने झरीमा भिज्छे, ऊ त्यसै पनि रोमान्टिक देखिन्छे । म पानीमा भिजेपछि रोमान्टिकभन्दा पनि रोमाञ्चित हुन्छु । दिक्क कहिल्यै लागेन ।
कोमल ओली, गायिका
प्रकृतिसँग कसरी दिक्क मान्न सकिन्छ र ? साउने झरीले मलाई रोमान्टिक बनाउँछ, पानीको हरेक थोपा–थोपामा म माया महसुस गर्छु ।
विकास खतिवडा, मोडल/फोटोग्राफर
बालापनमा साउने झरी रमाइलो लाग्थ्यो, अहिले त दिक्क लाग्छ । झरीमा भिजेकीले पनि अहिले बिरामी भएर सुतिरहेकी छु ।
सिर्जना सुब्बा, रंगकर्मी
अफकोर्स, रमाइलो लाग्छ नि । साउन त मायाकै मौसम हो, त्यसैले साउने झरीले रोमान्टिक बनाउँछ ।
सिर्जना पोखरेल, मोडल
आहा, भेरी रोमान्टिक । साउने झरी आई जस्ट लभ इट ।
प्रभात रिमाल, इभेन्ट व्यवस्थापक
मलाई त दिक्क लाग्छ ।
विजय महर्जन, मूर्तिकार
यही मौसममा जन्मिएको मान्छे भएका कारण मलाई साउने झरी निकै मन पर्छ, कहिलेकाहीं रुझ्न पनि मन लाग्छ । वर्षामा बाढी–पहिरोले हुने नोक्सानका खबरले भने दिक्क बनाउँछ ।
विकास लामिछाने, मोडल
साउने झरी, एकदम मनपरी आउने हुनाले मन पर्दैन, बरु नवीन के. भट्टराईको गीत ‘ए झरी नझरिदेऊ यसरी’ भन्न मन लाग्छ । कारण भूकम्पले थलिएको देश बाढी–पहिरोले थप त्रसित नहोस् ।
दीपकराज गिरी, हास्यकलाकार
मलाई त झरीले जुनसुकै महिना रोमान्टिक बनाउँछ । त्यसमा पनि साउने झरीले बबाल नै गर्छ ।
हेमन्त राना, गायक
मलाई झरीले जहिले पनि रोमान्टिक फिल दिन्छ । म पानीमा रुझ्न असाध्यै रुचाउँछु । रेनकोट वा छाता कहिल्यै प्रयोग गर्दिनँ । मलाई झरीको स्पर्शदेखि आवाजसम्मले रोमान्टिक बनाउँछ ।
विशाल भण्डारी, निर्देशक
वाऊ, यो त मज्जाको मौसम हो नि । अझैं काम बंक गरेर बूढीसँग डेट जान मन लाग्छ ।
जिपी तिमिल्सिना, विज्ञापन व्यवसायी
साउनको पानीले मलाई रोमान्टिक बनाउँछ । घरमै आफ्नो प्यारोसँग बसेर चिया पिउँदै झरी परेको हेरिरहन मन लाग्छ ।
आयुषी शाह, कोरियोग्राफर
दिक्क नलागुन्जेल रोमान्टिक बनाउँछ, तर जब दिक्क लाग्छ नि त्यसपछि उल्कै हुन्छ ।
अमरदीप, निर्देशक