श्रावण १७, २०७३
सन् २०१२ को लन्डन ओलम्पिकमा स्वर्ण जित्ने एक खेलाडीले आर्थिक संकटका कारण आफ्नो पदक बिक्री गरेका छन् । ती खेलाडीको नाम भने खुलाइएको छैन । उक्त स्वर्ण पदक बिक्री गरेबापत ती अज्ञात खेलाडीलाई २३ हजार पाउन्ड प्रदान गरिएको थियो । ओलम्पिकमा सफलता प्राप्त गरे पनि ती खेलाडीले आफूलाई आर्थिक रूपमा स्थापित भने गर्न सकेका थिएनन्, त्यही निराशाका कारण उनले आफ्नो पदक बेचेका हुन् । लन्डन ओलम्पिकमा प्राप्त स्वर्ण पदक बेच्ने उनी पहिलो खेलाडी हुन् । यद्यपि ओलम्पिक इतिहासमा आर्थिक अभावकै कारण आफूले जितेको पदक बेच्ने खेलाडीहरूको सूची लामै छ ।