श्रावण २५, २०७३
रियो ओलम्पिकलाई लक्षित गरेर रियो दि जेनेरियोमा खेल गाउँ तयार गरिएको छ । बारा दा तिजुसाको ओलम्पिक पार्कलाई अहिले खेल गाउँको स्वरूप दिइएको छ । यसका निम्ति ९० अर्ब १८ करोड रुपैयाँ खर्च गरिएको छ । यही खेल गाउँमा खेलाडीहरूलाई बसोबासका निम्ति ३१ वटा भवनको व्यवस्था छ । २ लाख वर्गमिटरमा फैलिएको यो खेल गाउँमा कुल ३६ सय ४ अपार्टमेन्ट छन्, जसमा करिव १७ हजार ९ सय ५० जना खेलाडी तथा खेल अधिकारी बस्न सक्छन् ।