साप्ताहिक संवाददाता
आफ्नो कार्यकालमा धन कमाउन होइन, देशको विकास गरेर भोट कमाउनतिर लाग्नुहोला ।
केनिपा सिंह, रंगकर्मी
हाम्रा समस्या धेरै छन्, जुन हामी सबैलाई अवगत नै छ । एउटा यस्तो काम गर्नुहोस् कि जसले तपाईंलाई जनताको प्रिय बनाओस् ।
नाजिर हुसेन, नायक
हाम्रो राम्रो होइन कि राम्रो नै हाम्रो हो भन्ने भावनाले काम गर्नुहोस् । कर्मचारीतन्त्रलाई राजनीतिमा नमुछ्नुहोस् । मन्त्रीमण्डल जम्बो नहोस् । तपाईं राम्रो नाच्नुहुन्छ, त्यसलाई निरन्तरता दिनुहोस् । आफू नाच्नुहोस्, अरूले तपाईंलाई ननचाऊन् ।
कोमल वली, गायिका
बहुसंख्यक जनताको भावनाको कदर र सम्मान गर्न भन्छु । पद तथा गोपनीयताको शपथ खाँदा ईश्वरको नाम लिन अस्वीकार गर्दा बहुसंख्यक जनताको मन दुखेको छ । आगामी दिनमा त्यस्तो स्थिति फेरि उत्पन्न नहोस् । नेपाललाई नेपालजस्तो बनाउँm, अरूजस्तो बनाउनु आवश्यक छैन ।
नृपेश उप्रेती, गीतकार
सरकार ढाल्ने र बनाउने काममा मात्र नलाग्नुहोस् । देशको विकासमा ध्यान दिनुहोस् । बेरोजगारीको समस्यामा फोकस हुनुहोस् । विदेशमा भन्दा नेपालमै रोजगारीको व्यवस्था मिलाउने वातावरण बनाउनुहोस् ।
वसन्त निरौला, निर्देशक
कार्यकर्ता र आफन्तलाई मात्र मख्ख नपार्नुहोस् । देश र जनताको हित हुने कुनै काम गरेर जनतालाई खुसी पार्नुहोस् ।
प्रमोद खरेल, गायक
सरी, म आफ्नो सुझाव खेर फाल्न चाहन्नँ ।
जेम्स प्रधान, गायक/संगीतकार
देशवासीको नजरमा हिरो बन्न सक्नुहोस्— शुभकामना ।
शान्तिप्रिय, पत्रकार
नौ–नौ महिनामा सरकार फेर्ने सहमति भएको हो भने त्यो राम्रो होइन । पदको सदुपयोग गर्नुहोस्, दुरुपयोग होइन ।
सुरबिना कार्की, नायिका
मजस्तो सानो मान्छेले त्यति ठूलो मान्छेलाई के सुझाव दिनु र खै ?
आमेश भण्डारी, नायक
आफ्नो कुरामा अडिग रहनुहोला, कुरा फेरिरहनु तपाईंजस्तो उच्च पदमा रहेका व्यक्तिलाई सुहाउँदैन ।
बनिश शाह, चलचित्र सम्पादक
जे गर्नुस्, जसरी गर्नुस्, विकासचाहिँ गर्नुस् । जनता अरू केही चाहँदैनन्, चौतर्फी विकास भए पुग्छ ।
अयुब केसी, नायक
खै के सुझाव दिनु दाजु, हामीजस्ता सर्वसाधारणको सुझाव कहिल्यै सुनेको होइन ।
भरत सिटौला, गायक
धेरै जनताको बलिदान लिएर आज तपाईं त्यो पोजिसनमा पुग्नुभएको हो, त्यसैले जनताको बलिदान खेर जान नदिनुहोस् । शब्दमा भन्दा कर्ममा ध्यान दिनुहोस् ।
हेमन्त राना, गायक