साप्ताहिक संवाददाता
'नौ दिन नदेखे नौलो, बीस दिन नभेटे बिर्सियो,’ त्यत्तिकै भनिएको होइन रहेछ । एक एवार्डको मनोनयन सार्वजनिक कार्यक्रममा अचानक देखा परिन्— पूर्वनायिका पूजा चन्द । उनका समकक्षी तथा समकालीनहरूले पूजालाई चिनेर खुसी व्यक्त गरे पनि उनी अमेरिका पलायन भएपछि ग्याम इन्डस्ट्रीमा प्रवेश गरेका कलाकारहरूले भने पूजालाई चिन्न सक्ने कुरै भएन ।
कुनै बेला करिश्मा मानन्धरपछिकी सुन्दर नायिकाका रूपमा चर्चित पूजा अहिले आफ्नै क्षेत्रमा पराईझैं भइन् । विभिन्न कार्यक्रममा देखिरहने तथा चलचित्र क्षेत्रमा अझै पनि सक्रिय रहेकाले मनोनयन कार्यक्रममा पुगेका गौरी मल्ल, भुवन चन्द, चैत्यदेवी आदि पुराना अभिनेत्रीलाई सबैले चिने, तर पुजा चन्दका बारेमा नवनायकको मनोनयनमा परेका एक नायकले साप्ताहिक प्रतिनिधिसँग सोधे– ‘उहाँ को हो ?’ सँगै रहेकी अर्की नवनायिका भन्दै थिइन्– ‘ए पुरानी नायिका पूजा चन्द उहाँ नै हो ?’