साप्ताहिक संवाददाता
६ सय १ साँढे भएपछि गाईजात्रा त भैहाल्छ नि ।
राज
देशमा ६ सय १ हास्यकलाकार छन् त्यसैले १ दिनको गाईजात्रा उनीहरूलाई अपुग भएर होला ।
उदय महरा
गाईजात्रा हाम्रो सांस्कृतिक पर्व हो । हाम्रो देशमा ३ सय ६५ दिन नै गाईजात्रा भएको होइन बरु भद्रगोल, डामाडोल भएको हो ।
प्रदेशी कान्छा काले
यस्तो गाईजात्रा काठमाडौंमा मात्र सीमित छ, जहाँ राजनीतिजस्तो फोहोरी खेलका खेलाडीहरू गल्ली गल्लीमा भेटिन्छन् । त्यस्ता फुर्सदिलाले गाईजात्रा नगरेर के देशको विकास गरेर बस्छन् त ?
भद्र घिमिरे
चाहिनेभन्दा बढी दिमाग भएर, जनता सोझा भएर ।
घिसिङ तामाङ
अरू देशमा गाईजात्रा नहुने भएर ।
मंगोलियन सम्राट
गाईजात्रा देखाउने भन्दा हेर्न रुचाउनेहरूको संख्या बढी भएर ।
सबैको संकल्प
दुनियाँलाई हँसाउने कलाकारहरूको संख्या ६ सय १ भएर ।
श्रीराम ठकुरी
हैट्, नेपालमा कहाँ हुन्छ हौ त्यस्तो ? हामी पनि यतैको हो तर एक दिन पनि गाईजात्रा देखेको छैन ।
विजय राई
कलाकार धेरै छन् । सबैको पालो आउँदा वर्ष दिन त लागिहाल्छ नि ।
रुद्र देवकोटा
सबै जोकर जस्ता नेता भएर ।
सन्तोष न्यौपाने
गाईजात्रे कलाकारले भन्दा बढी जात्रा हाम्रो देशका नेताहरूले गरेर ।
राजु गिरी
देशका नेतादेखि कर्मचारीहरूमा दूर दृष्टि छैन । राजनीतिलाई सेवा नसम्झी कमाइ खाने भाँडो बनाउँछन्, जुन क्रियाकलाप गाईजात्राझंै लाग्छ ।
अर्जुन डोटेली
गाईजात्राको अनर्थ भो । यो त मृत आत्माको चिर शान्तिका लागि मनाइने पवित्र पर्व हो ।
संगति
नेता, शिक्षक, पत्रकार, कर्मचारी, मजदुर, विद्यार्थी सबै राजनीतिज्ञ हुन चाहन्छन् । त्यसैले गाइजात्रा लागेको होला ।
भुइँमान्छे
नेताहरू गोरु र जनता सोझो गाई भएर ।
निशा श्रेष्ठ
३ सय ६६ दिन नहुने भएकाले ।
दिप श्रेष्ठ
अभिनेताभन्दा नेता धेरै भएकाले ।
कमल
हाम्रो नेपाल संस्कृतिलाई अलि बढी पछ्याउने देश भएर हो कि ?
नयनसा श्रेष्ठ
गाईजात्रा होइन, गोरुजात्रा भन्दा उचित होला ?
प्रसान थापा
यसका लागि योग्य कलाकारहरूका रूपमा प्रशस्त नेता नेपालमा भएकाले ।
कुमार श्रेष्ठ
नेता हुन कुनै शैक्षिक योग्यता नचाहिने, सांसद–मन्त्री हुन पनि कुनै शैक्षिक योग्यता नचाहिने । हुँदा–हुँदा बज्रस्वाँठ पनि राजनैतिक सल्लाहकार हुन पाउने भएपछि जनताले मात्र किन पढ्नु ? अब साक्षरले लोकसेवा आयोगको अधिकृत परीक्षा लड्न पाउनुपर्यो ।
सुवर्ण पोखरेल
गाईजात्रा हेर्न रुचाउने नेपालीहरू बुख्याँचाको (राजनीतिकर्मी) चाकरी र प्रोत्साहनमा अग्रसर हुन्छन् अनि ३ सय ६५ दिन नै किन गाईजात्रा नहोस् ?
एस शर्मा
सबै गाईजात्रे कलाकार (नेता) भएर ।
डिल्लीराज पाण्डे