साप्ताहिक संवाददाता
महिला पुरुषबीच समानता सुनिश्चित गर्न सामाजिक–राजनीतिक क्षेत्रमा समावेशिता कायम भएझै सांस्कृतिक क्षेत्रमा पनि समानता कायम गर्न ब्रत बस्नु उपयुक्त हुन्छ ।
शून्य चेतन
रहर र आस्था हुने जो कसैले जुनसुकै बेला व्रत बस्न पाइन्छ । यसमा महिला वा पुरुष भनेर छुट्टयाएको मन परेन ।
गरिमा लुइँटेल
तीजको व्रत शिवजीको नाममा बसिन्छ । अब पार्वतीको नाममा पनि एउटा व्रत प्रचलनमा ल्याए हुन्छ ।
प्रकाश ढुंगेल
भोकै बसेर आफ्नो काममा जान कहाँ सकिन्छ र ? व्रत बस्दैमा कसैको आयु बढ्छ भन्ने पनि त छैन ।
मोक्ष
व्रत बस्नुभन्दा जीवनभरि साथ दिए पुग्छ ।
हेमिना राई
सोह्रै आना जायज नि ।
माधुरी
करले त बस्नु हुँदैन तर माया अझ गाढा हुन्छ पुरुषले पनि व्रत बसे हुन्छ ।
सन्देश प्रजापति
जायज छैन किनभने तीज विशेषगरी महिलाको चाड हो ।
पिलसिंह ठकुरी
व्रत बस्नुभन्दा आफ्नी श्रीमतीको केयर गर्नु उचित हुन्छ । एकदिन भोकै बसेर आखिर के हुन्छ ? भोकै बसेर कसैको उमेर बढेको पनि छैन ।
विनोद महत क्षेत्री
व्रत बस्नुभन्दा पनि मनैदेखि लाएको माया धेरै राम्रो ।
दिवस
छोरीलाई गर्भमै मार्ने हाम्रो समाजमा एकदिन व्रत बस्दैमा के फरक पर्ला र ?
प्रकाश सुवेदी
आवश्यकताको कुरा होइन । प्रेम, आदर अनि विश्वास छ भने व्रत बस्नै पर्दैन । विश्वास छैन भने व्रतको नाटक गरेर पनि हुने केही होइन ।
किसुनजी
व्रत बस्नु त ठीकै हो तर महिलाको जस्तो दूध, दही, केरा स्याउ आदि एकै पटक पचाउन सक्ने शक्ति नभएर पनि होला पुरुषले व्रत नबसेको ।
डिल्लीराज पाण्डे
म महिलाको सम्मान गर्छु तर व्रत बस्दिनँ । भन्नेले भन्छन् जसले महिलाको सम्मान गर्छ उसैले यो काम गर्छ तर त्यो सत्य होइन । यहाँ कोही पनि दूधले धोएका छैनन् । बाटोमा हिँड्दा हजारको नोट देखे भने थुक निल्ने काममा महिला–पुरुष बराबर छन् ।
केएमके
आफ्नो श्रीमान्का लागि व्रत बस्ने महिला अरू बेला परपुरुषसँग सम्बन्ध गाँस्छे भने के उसले गरेको व्रत साँच्चिकै व्रत हो ? व्रत बसेर मात्र हुँदैन । आचरण सफा हुनुपर्छ ।
टी तामाङ
जुन काम जसका लागि हो, त्यो काम उसैले गरेको सुहाउँछ । हात्तीलाई कमिलाको नाम दिएर कमिलाले खाने जति खुराकी ख्वाए उ बाँच्न सक्दैन । हात्तीलाई उसको ज्यान अनुसार खाना दिनुपर्छ ।
नरेन
भोको पेटले ग्यास्ट्रिक मात्र बढाउने हो । भुँडी सुन्निएकाहरूले चाहिँ एकदिन उपवास बसे हुन्छ । त्यो पनि आफ्ना लागि । व्रत बसेर अरूलाई के हुनु ? एक छाक जोगाएर गरिब–दु:खीलाई दान दिने हो भने ठीक छ ।
कृष्ण धिताल
व्रत बस्न के भारी बात भयो र ? मात्र खाना नखानु त हो नि । श्रीमतीको माया र सम्मानका लागि बस्न मन लागे बसे भयो । यो आफैंमा भर पर्ने कुरा हो । कुनै ठूलो मुद्दा होइन जस्तो लाग्छ मलाइ त ।
रोज क्षेत्री
यदि पहिलेदेखि नै यो चलन चल्दै आएको भए व्रत बसिन्थ्यो पनि होला ।
झापाली मनीष
एक रथका दुई पाङ्ग्रा भने पछि अर्को पाङ्ग्राले व्रत बस्नु परिहाल्यो नि ।
रमेश थापा
हाम्रा लागि पनि बस्नु पर्दैन अरूका लागि पनि बसिँदैन ।
हुरिलाल
नारीका लागि व्रत ? सम्भव छैन ।
दिपेश
नारी–पुरुष एक रथका दुईपाङ्ग्रा हुन् भने व्रत बस्दा हुन्छ ।
शेखर अनुराग त्रिपाठी
जसले नारीलाई सम्मान गर्छन्, उनीहरू वास्तविक पुरुष हुन् । उनीहरू व्रत बस्छन् । जसले सम्मान गर्दैनन्, उनीहरू व्रत बस्न सक्दैनन् ।
अंशुला राई
बस्नै पर्ने हो नि । पार्वतीका लागि शिवजी पनि त पागल जस्तो भएर तपस्या गर्न बसेका थिए ।
गोमा घिमिरे साधना