साप्ताहिक संवाददाता
शेरे भगवान्सँग ।
शेरे : भगवान्, केटीहरू यति सुन्दर, सुशील अनि शान्त हुन्छन् तर श्रीमतीचाहिँ किन यति खतरनाक हुन्छन् ?
भगवान् : किनभने केटीहरूलाई म बनाउँछु अनि श्रीमतीचाहिँ तिमीहरू बनाउँछौ ।
शेरे हरेक दिन आफ्नो गणित शिक्षकको घरमा फोन गर्दो रहेछ ।
शिक्षककी श्रीमती : उहाँ त बितिसक्नुभो । हरेक दिन फोन गरेर किन दु:ख दिन्छौ हँ ??
शेरे : सुन्दाखेरि नै आनन्द आउँछ त्यसैले ।
शेरे : नबोल्नेलाई कर छैन, छोडी गए डर छैन
अनफ्रेन्ड गरोस् बाल छैन, फेसबुक तिनको राज हैन
निर्मली : कालो गए गोरो आउँछ, गोरो गए कालो आउँछ
उसको पछि लाग्ने छैन, आउनेलाई वेलकम, जानेलाई टाटा मिल्छ भने जोडिदिउला नछुट्टिने नाता ।
गुरुले शिष्यसँग सोधे
माता पार्वतीले भगवान् शिवलाई वरका रूपमा किन चुनिन् ? कारणसहित बताऊ ।
शिष्य :
१. भगवान् शिव कपडा
लगाउँदैनथे, यसकारण कपडा धुनुपर्ने कुनै लफडा थिएन ।
२. निधारमा चन्द्रमा विद्यमान थियो, त्यसकारण घर आसपास दिप्त प्रकाशै–प्रकाश हुन्थ्यो, बिजुली जाने कुनै डर थिएन ।
३. शिवजीको जटामा गंगाजी बस्थिन्, पानी नै पानी । पम्प खराब हुने, धारामा पानी नआउने राति १२ बजे उठेर पानी थाप्नु पर्ने जस्ता कुनै चिन्ता हुँदैनथ्यो ।
४. कन्दमूल जो भगवान् शिव सेवन गर्छन, म पनि त्यही खान्छु अर्थात् खाना बनाउन आवश्यक थिएन ।
५. न सासू न नन्दको मतलब, कुनै लडाइँ झगडाको डर नै भएन ।
गुरुजी ठामको ठाम बेहोस, अहिलेसम्म होस नै आ’को छैन ।
एउटा मान्छे मासुको साह्रै सौखिन थियो र ऊ हरेक शुक्रबार कुखुराको मासु पकाएर खान्थ्यो । ऊ जुन गाउँमा बस्थ्यो, त्यहाँ उसका सबै छिमेकी कट्टर क्याथोलिक थिए । उनीहरूलाई धर्मगुरुले शुक्रबार माछामासु नखान भनेका थिए, तर शुक्रबारका दिन सधैं छिमेकीको घरबाट आउने कुखुराको मासुको बास्नाले उनीहरूलाई विचलित बनाउँथ्यो ।
आखिर यो कुरा उनीहरूले आफ्ना धर्मगुरुलाई सुनाए । धर्मगुरु ती मान्छेलाई भेट्न उसको घर गए र उसलाई धर्म परिवर्तन गरेर क्याथोलिक बन्ने सल्लाह दिए ।
धर्मगुरु र छिमेकीहरूले सम्झाएपछि उसले आइतबारका दिन चर्च पुगेर प्रार्थना गर्यो, अनि धर्मगुरुले जल छर्कंदै भने– ‘तिमी जन्मिदा जे भए पनि, जस्तो भए पनि बिर्सिदेऊ, अब तिमी क्याथोलिक भयौ, क्याथोलिक ।’ उक्त मान्छेदेखि सबै छिमेकी खुसी भए तर त्यो खुसी अर्को शुक्रबारसम्म मात्र रह्यो, किनभने शुक्रबार आउनेबित्तिकै उसको घरबाट फेरी कुखुराको मासुको बास्ना आइरहेको थियो ।
छिमेकीहरूले तुरुन्त धर्मगुरुलाई बोलाए । धर्मगुरु घरपछाडीबाट उसको भान्सामा प्रवेश गरे । त्यहाँ पुग्दा धर्मगुरु आश्चर्यमा परे । त्यो मान्छे गिलासमा पानी लिएर उभिएको थियो र पाकिरहेको कुखुराको मासुमा पानी छर्किंदै भन्दै थियो– ‘तिमी जन्मिदा जे भए पनि, जस्तो भएपनि बिर्सिदेऊ, अब तिमी रायोको साग हौ, रायोको साग ।’
काम फिटिक्कै गर्न मन लाग्दैन, सधैं कुर्सीमा खुट्टा हल्लाउँदै, इन्टरनेटमा मात्र झुन्डिन मन लाउँछ, सोल्टा, के यो भविश्यमा घरज्वाइँ बस्ने संकेत हो ?
केटाहरू नि अचम्म–अचम्मका छन्, कसैलाई सिक्स प्याक चाहिया छ, कसैलाई एट प्याक चाहिया छ, आफूलाई त ढुक्क छ, ३–४ प्याक लगाइन्छ अनि मस्त सुतिन्छ ।
मेडम शेरेसँग प्रश्न सोध्दै
सही–सही जवाफ दे, नत्र कट्टु उतारेर बेल्टले कुट्छु
शेरे : मेरो गल्तीमा, हजुर किन आफ्नो कट्टु उतार्नुहुन्छ मिस ?