साप्ताहिक संवाददाता
कार्तिक ९, २०७३
वातावरण संरक्षण एवं एचआईभी एड्ससम्बन्धी जनचेतना फैलाउन विश्व साइकल यात्रामा हिँडेका बैदाम पोखराका दाजुभाइ २९ वर्षीय डा. अमृत तथा २७ वर्षीय अजित एक वर्षपछि पोखरा फर्किएका छन् ।
यी दाजुभाइ साइकलमै १६ राष्ट्रको भ्रमण सकेर पोखरा फर्किएका हुन् । उनीहरू सन् २०१५ को २० सेप्टेम्बरका दिन विश्व साइकल यात्रामा निस्किएका थिए ।
यो अवधिमा उनीहरूले भारत, माल्दिभ्स, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्यान्ड, लाओस, कम्बोडिया, भियतनाम, ब्रुनाई, सिंगापुर, मलेसिया, ताइवान, दक्षिण कोरिया, जापान तथा अमेरिकाको यात्रा तय गरेका थिए ।