साप्ताहिक संवाददाता
कार्तिक १४, २०७३
तीन दशक लामो नर्वे बसाइपछि स्वदेश फर्किएकी कलाकार प्रमिला गिरीको एकल कला प्रदर्शनी बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी छ । मूर्ति एवं चित्रकलाको कोलाज गरिएको गिरीको फ्युजन कलाले अहिले चर्चा पनि पाइरहेको छ । ‘सर्च फर ह्युमन भ्यालुज’ शीर्षकको उक्त प्रदर्शनी एक महिनासम्म चल्ने बताइन्छ ।