साप्ताहिक संवाददाता
प्रेमको कुनै परिभाषा हुँदैन ।
सुवास
अपरिभाषित माया ।
नवीन पुरी
एउटा त्यस्तो सम्बन्ध जुन अरू कसैसँग हुँदैन । एकछिन रिसाउने फेरि एकछिनमै हसाउँने । आत्मीयतामा समर्पित सम्बन्ध, जुन मृत्युपर्यन्त अटुट हुन्छ ।
समीर तामाङ
दाजुभाइ–दिदीबहिनीको प्रेम जिम्मेवारी बोध मिसिएको स्वार्थविहीन सम्बन्ध हो, जसमा केही पाउनु वा गुमाउनुको हिसाब–किताब हुँदैन ।
लीलाधर शर्मा
नि:स्वार्थ अनि निश्चल प्रेम जहाँ बाहिरी रूपमा केही मनमुटाव देखिन्छ । अन्तरह्दयमा अगाध अनि प्रगाढ माया लुकेको हुन्छ ।
प्रसान थापा
यस्तो सम्बन्ध जहँँ स्वार्थ हुँदैन, रगतले नै लेखिएको सम्बन्ध अन्तिम श्वास नलिएसम्म कायम रहन्छ ।
विक्रम समिर
दाजुभाइ दिदीबहिनी भनेका एउटै बोटका फल हुन् । जुन सम्बन्ध र माया धेरै गाढा हुन्छ । यसलाई माया न त अरूले छुट्टयाउन सक्छन् न त मिलाउन नै । यो माया प्रकृतिले दिएको वरदान हो ।
विक्रम तामाङ
जोसँग एक जिम्मेवारी दिदी हुन्छिन्, ती भाइहरू निकै भाग्यमानी हुन्छन् । किनभने हजारौं साथीभन्दा एक जिम्मेवार दिदी निकै महान् हुन्छिन् ।
केबी सिजाली मगर
दाजुभाइ–दिदीबहिनीबीचको सम्बन्ध जिम्मेवारीसहितको नि:स्वार्थ प्रेम हो ।
रमेश
दिदीभाइको प्रेमलाई कुनै किताबमा लेखिने कथासँग तुलना गर्न सकिँदैन । यो रगतको नाताले गाँसिएको अटूट सम्बन्ध हो ।
म कान्छो छोरो
बाहिरी रूपमा नदेखिए पनि भित्री रूपमा प्रगाढ माया, प्रेम लुकेको हुन्छ, दिदीबहिनी–दाजुभाइको सम्बन्धमा ।
तेजिन राना मगर
दाजुभाइ–दिदीबहिनीको प्रेममा ‘म तिमीलाई वा तपाईंलाई माया गर्छु’ भनिरहनु पर्दैन, यो एउटा विशाल अनि छुट्टै किसिमको माया हो ।
दिनेश श्रेष्ठ
दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमलाई हामीले नि:स्वार्थ र जिम्मेवार मायाको प्रतिकका रूपमा लिन सक्छौं, जसमा सम्मान र माया दुवै हुन्छ ।
सुवास
दाजुभाइ दिदीबहिनी भनेका एउटै बोटको फल हुन् ।
सञ्जय भण्डारी
अनन्य सम्बन्ध ।
आरके रन्जित
वास्तविक अनि आत्मीय सम्बन्ध ।
जानकी कार्की
दाजुभाइ दिदीबहिनीको सम्बन्धको पनि परिभाषामा खोज्ने हो त ?
राम खरेल
यो त फलामलाई चिउरा कसरी बनाउन सकिन्छ भने जस्तै भो ।
नन्दप्रसाद योङ्हाङ
संसारको उत्कृष्ट नाता ।
नवीन श्रेष्ठ
यसलाई स्वार्थविहीन नाता भन्न सकिन्छ ।
तिलक राई
स्वार्थ नभएको सम्बन्ध मीठो हुन्छ । यो नाता पनि त्यस्तै हो ।
मोहन
गहिरो सम्बन्ध हो । जीवन्त साइनो ।
निशान बोहोरा
एकदम पवित्र सम्बन्ध हो । झगडा भए पनि फेरि मिल्ने । एउटा अलग किसिमको प्रेम हुन्छ यसमा ।
गोपाल पोखरेल
दाजुभाइ–दिदीबहिनीको सम्बन्ध के हो भनेर हुनेहरूभन्दा नहुनेहरूसँग सोध्नु । उनीहरूलाई बढी थाहा हुन्छ ।
राजु तन्डुकार
प्रेम, प्रेम नै हुन्छ । त्यो फरक हुँदैन, तर प्रेम गर्नेहरूमा भर पर्छ । दाजुभाइ–दिदीबहिनीको सम्बन्ध पवित्र हुन्छ ।
दीपक गैरे