साप्ताहिक संवाददाता
कार्तिक २८, २०७३
गत आइतबार र सोमबार नायिका केकी अधिकारी कृत्रिम वर्षामा निथ्रुक्क भिज्नुपर्यो । उनी त्यसरी भिज्नुको कारण थियो— चलचित्र ‘ऐश्वर्य’को छायांकन । रमेश उप्रेतीले निर्माण गरिरहेको उक्त चलचित्रका निर्देशक दिवाकर भट्टराई हुन् । चलचित्रका लागि ‘रेन फाइट’को दृश्य छायांकन गर्ने क्रममा केकी रमेशसँग मज्जाले भिजेकी थिइन् । सुटिङका क्रममा पानीको ट्यांकर रित्तिएर केही बेर छायांकन रोकिँदा पारिलो घाममा बसेकी नायिका अधिकारीले साप्ताहिकका लागि फोटोसेसन गर्नसमेत भ्याइन् ।