साप्ताहिक संवाददाता
सुरुमा एक–अर्कालाई प्राप्त गर्न दुवै पक्ष व्यग्र हुन्छन् । पाइसकेपछि दुवै वाक्क, ब्याक्क, दिक्क हुन्छन् । अरू नै कुराले प्राथमिकता पाउँदै जाँदा दुवैमा चाहना हराउँदै जान्छ । सबैमा त्यस्तै हुन्छ ।
अगेन बोम्जन
विश्वासको कमी भएर ।
कर्मा गिग्स
नजिकको तीर्थ हेंला हुन्छ ।
बुल्बुल
घरकी मुर्गी दाल बराबर भएर ।
रामजी बोहोरा
नाटक बढी हुन्छ ।
रबिन
विवाह गरेपछि थाहा होला । म अहिलेसम्म अविवाहित नै भएकाले केही जानकारी भएन है ।
गणेश खनाल
जे कुरा पनि नयाँमै महत्वपूर्ण हुन्छ । जस्तै, सुन पनि सुरुमा किन्दा नम्बरी हुन्छ । दुई महिना राख्नुस्, नलगाई आफूले बेच्नुपरे छापावाल भनिन्छ । मैले सम्बन्धलाई सुनसँग दाँज्न खोजेको भने होइन । यो परिवर्तित सोचको परिणाम पनि हो र यसलाई रोक्न पनि सकिँदैन ।
अजित कुमार
कतिपय सम्बन्ध त पछि गएर अझ प्रगाढ पनि भएका छन् नि †
प्रसन भुजेल
नेपालीको बानी नयाँ कपडा किन्यो, पहिले–पहिले पार्टीतिर हिंड्दा लगाउँछन् । अलि थोत्रो भएपछि घर बस्दा लगाउन थाल्छन्, अझ थोत्रो भएपछि भान्छाको टालो बनाउँछन् । साह्रै भएपछि कि त्यसले बाइक पुच्छन्, कि गाडी । कुरा बुझ्नु भो नि ?
सञ्जीव बराल
विवाहको केही वर्षपछि सम्म दम्पतीबीचको सम्बन्ध उस्तै रहनु ठीक पनि होइन ।
दिलीप तामाङ
बिस्तारै श्रीमान्–श्रीमतीको आनीबानी बुझ्दै गइन्छ, त्यसैले होला ।
भरत खनाल
सधैं दाल–भात उत्तिकै स्वादिलो हुँदैन नि †
सूर्य
यो प्रश्न नै गलत छ ।
अमि कँडेल
मलाई लाग्छ, विवाह भनेको कृत्रिम सम्बन्ध हो ।
भाइ हरि
सधैं एउटै तरकारी कति खानु जस्तो भएर पो हो कि ?
केदार बोगटी
माया भनेको चुइगमजस्तै हो । सुरुमा गुलियो, मीठो, पछि खाँदै जाँदा दिक्दारीले भरिपूर्ण, रसबिनाको, बोरिङ । दाम्पत्य जीवनमा पनि त्यही नियम लागू हुन्छ ।
टंकराज लिम्बू
घरकी मुर्गी दाल बराबर– सम्भवत: यही सोचले होला ।
क्वाइट बेबी
एक–अर्काप्रति विश्वास नभएर ।
सुदिप भुजेल
आँखा लोभी मन पापी भएर ।
गणेश विश्वकर्मा
खै, व्यवहारमा फसेर हो कि ?
दिवस
के भन्नु हजुर ! आफूसँग त विवाहकै अनुभव छैन ।
क्रिस लामिछाने
नचाहिँदो चाहनाले गर्दा ।
सुनिल श्रेष्ठ
सन्तानको जन्मपछि सन्तान जन्मिनुपूर्वको व्यवहार नपाएर ।
कमल
उखु सुरुमा खाँदा जति मीठो हुन्छ रस चुसिसकेपछि किन हुँदैन ?
तिखे
आफूले आफैंलाई सुधार्न नसकेर ।
रामजी ओझा
दम्पती मात्र होइन, हरेक सम्बन्धमा यस्तो हुन्छ । दम्पतीको जुन कुरा छ, मानिसहरू प्राय: अर्काको राम्रो देख्छन् । त्यसैले पो हो कि ?
भुइँमान्छे
मायामा उतारचढाव आइरहन्छ, होइन र ?
अमितजंग क्षेत्री
विवाहपछि एक–अर्काका नकारात्मक पक्ष पनि स्वीकार गर्न सक्नुपर्छ, जसलाई विवाहअघि नजरअन्दाज गरिन्छ ।
अनुप
यो कुरा विवाह गरिसकेकाहरूलाई थाहा होला । अविवाहितहरूलाई थाहा हुने कुरा भएन ।
प्रतिभा
हरेक कुराको महत्व त्यसको प्राप्तिपछि घटिहाल्छ नि । यसमा पनि त्यही भएको हो ।
ललिता साह
सम्बन्ध सुमधुर नभएर पनि हुन सक्छ ।
सन्तोष पहरी
आशा एवं अपेक्षा बढ्दै गएपछि नयाँको खोजी गर्न मन लाग्छ । त्यही भएर पनि सम्बन्ध उस्तै नरहेको हुन सक्छ ।
अमितमान
हरेकले समयअनुसार नयाँ स्वाद लिन चाहन्छन् ।
शिखा
समयअनुसार सबै कुरा फेरिन्छन् । मानिस सधैं नयाँ सम्बन्ध एवं नयाँ कुराको खोजीमा हुन्छ ।
रोशन दाहाल