
साप्ताहिक संवाददाता

गलत हो, अझ आफूसँग सम्पत्ति हुँदाहुँदै पनि राज्यकोष प्रयोग गर्नु अचाक्ली हो ।
सुजन सुवेदी, फेसन व्यवसायी
लाचारीपन, देश दोहन र जनताका बारेमा चिन्ता नभएको भन्छु ।
आगन्तुक खरेल, गायिका
हाम्रै देशमा सम्भव भएको उपचार विदेशमा गएर ठूलो धनराशि खर्च गरेर राज्यकोषको दुरुपयोग गर्नु भनेको साह्रै लज्जास्पद विषय हो ।
प्रदीपराज वन्त, फोटोग्राफर
जनतालाई नेपालकै उपचारले ठीक भएको छ, हाम्रा नेताहरूलाई चाहिँ विदेश नै जानुपर्ने ?
विकास खतिवडा, मोडल
दिनहुँ कैयौं नेपाली जनता कुन रोग लाग्यो भनेर पत्तो नपाई मर्छन । तीनै गरिब जनताले खाई–नपाई तिरेको करबाट बनेको राज्यकोषमाथि मनमानी गरिएको कुरा सुन्दा लाज लाग्छ । करोडौ सम्पत्ति भएको मानिसले सरकारसँग विदेशमा उपचार गर्न सहयोग मागेको देख्दा त झन् शरम लाग्छ । बरु हामी कलाकारलाई भनेको भए कार्यक्रम गरेर सहयोग गरिदिन्थ्यौ नि ।
ताराप्रकाश लिम्बू, संगीतकार
राजनीति जनताका लागि हो कि नेताका लागि ? जनतालाई सिटामोल छैन, उनीहरूको उपचार विदेशमा ? अझ ती नेताहरू नै भिभिआइपी रे, कति हाँस्नु ।
विकासराज आचार्य, निर्देशक
राष्ट्रिय कोषबाट विदेशमा उपचार गराउनु राम्रो त होइन, तर विशेष केही नेताले गर्दा मात्र किन यति विरोध, सबैले लिएकै छन् । बरु कसैले पनि यसरी राष्ट्रिय कोषको लाभ लिन नमिल्ने व्यवस्था गर्न मिल्दैन ?
राजीव लोहनी, गायक
देशका लागि केही गर्न बसेका व्यक्तिलाई अप्ठेरो पर्दा राज्यकोषबाट सहयोग गरिनु राम्रो होला, तर सम्बन्धित व्यक्ति सक्षम छ भने राज्यसँग पैसा लिनु राम्रो काम होइन । पैसाले कसैलाई पनि पुग्दैन । यो त्यस्तै भएको हो ।
अनिता आचार्य, नायिका
राज्यकोष यस्तो ढुकुटी हो, जुन देशको विकास वा आपत्कालीन अवस्थामा सदुपयोग गरिनुपर्छ भन्ने बुझ्दा–बुझ्दै पनि राज्यका कुनै पनि निकायका विशिष्ट व्यक्ति, जो आफैंमा पनि आर्थिक रूपमा सबल छन्, उनीहरूले विदेशमा उपचार भन्दै खर्च माग्नु भनेको नेपाली जनताको रगत–पसिनाबाट संकलित कोषको दुरुपयोग भएको ठहर्छ । यस्तो प्रवृत्ति रोकिनुपर्छ ।
भीम लिम्बू, गायक
चरम दुरुपयोग, ठूलाबडाको मिलेमतोमा हुने वैधानिक भ्रष्टाचार, नेपाली चिकित्सक तथा स्वास्थ्य संस्थाहरूप्रति अविश्वास अनि गरिब जनताको दोहन ।
रोशन भट्टराई, गीतकार
यो नेता तथा ‘पहुँचवाला करोडपति गरिबहरू’ ले देखाउने दरिद्र फेसन हो । केही हैसियतवालालाई हँसाउन ३ करोड नेपाली जनतालाई रुवाउने जात्रा हो ।
प्रदीप भट्टराई, निर्देशक
सरासर गलत हो, जोसँग करोडौ सम्पत्ति छ, उसले राज्यकोषबाट उपचार खर्च माग्नु कतिसम्मको लज्जास्पद कुरा हो ?
वसन्त निरौला, निर्देशक
दुरुपयोग हो, यो देशमा विधिको शासन छ भने जनता र नेताको हैसियत समान हुनुपर्छ ।
हिमाल श्रेष्ठ, गायक
खै के भन्नु ? कहीँ नभएको जात्रा हाम्रै देशमा हुन्छ ।
विरेन्द्र हमाल, रंगकर्मी
जनताको भावनालाई भ्रष्टाचार गर्ने माध्यम बनाइएको हो । यो त सरासर ‘इमोसनल अत्याचार’ हो ।
प्रदीप बास्तोला, नायक
जनताले तिरेको करको यसरी अपमान हुँदै जान्छ भने हामी जनताले किन कर तिर्ने ?
निशान घिमिरे, भिजुअल एडिटर
नेपालमा सम्भव उपचार नेपालमै गरिनुपर्छ र त्यसका लागि सरकारले पैसा दिने होइन, बिलअनुरूप भुक्तानी गर्नुपर्छ ।
एकनारायण भण्डारी, गीतकार