साप्ताहिक संवाददाता
मंसिर १८, २०७३
सागरमणि थापाको पाँचौं उपन्यास हो— साझा आईमाई । लेखकले विलासी उपन्यास भनेको यो कृति किशोरवयका पाठकहरूप्रति लक्षित छ । गाउँकी सोझी केटी अप्सरालाई सानीआमाले पालेकी हुन्छिन् । उनको सानोबुबाले नै उनीमाथि कुदृष्टि राखेको हुन्छ ।
गाउँकै नीरज भन्ने केटोले फकाई–फुल्याई अप्सरालाई काठमाडौं ल्याइपुर्याउँछ । काठमाडौंमा अप्सरा समयको अन्तरालसँगै रजनी, रजनीबाट मल्लिकामा परिणत हुन्छे । प्रेमीहरूका कारण ऊ नजानिँदो पाराले करोडपति बन्न पुग्छे ।
यी सबै कुरा उसले आफ्नो डायरीमा लेख्छे । ३ सय १६ पृष्ठ लामो यो उपन्यास लेखक स्वयंले प्रकाशित गरेका हुन् जसको मूल्य ३ सय ५० रुपैयाँ छ ।